सोमबार 6 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

MNO को 36 औं स्थापना लक्षित प्रवास सभा मलेसियाद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न।

Bijayaraj Limbu | 18 फेब्रुअरी 2025

MNO को 36 औं स्थापना लक्षित प्रवास सभा मलेसियाद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न।

क्वालालम्पुर,मलेसिया। विजयराज लिम्बू,

मिति दिनाङ्क ३० जनवरी २०२५ बिहिबारको ,मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा मलेसियामा संगठनको ३६ औ स्थापना दिबसको अवसरमा मलेसिया स्थित क्वालालम्पुरमा एमएनओ का कार्यकर्ता साथै मंगोल शुभचिन्तकहरूको भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

 

उक्त कार्यक्रम प्रवास सभा मलेसियाका अध्यक्ष सन्तोस केरुङ्ग लिम्बुको सभाध्यक्षतामा एवंम् अमुमं ज्ञानबादुर गुरुङको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो।

 

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा एमएनओ प्रवास सभा मलेसियाका सल्लाहकार सम्योक राई रहनुभएको थियो भने शुक्र तामाङको विषेश आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सागर गुरुङ सहसचिव, फिपराज लिम्बु, कुईसन बान्तवा राई कोषाध्यक्ष, गुना थिङ प्रचारप्रसार सचिव ,दुर्गा तामाङ, एमएनओ प्रभास सभा मलेसियाका सल्लाहकार ज्ञान बहादुर तामाङ ,बक्सिङ तामाङज्यूले संगठनको ३६ औ स्थापना दिवस बारे आफ्नो महत्त्वपूर्ण मन्तव्य  राख्नुभएको थियो।

 

उक्त कार्यक्रममा मंगोल प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। उपस्थितिहरुमा कुन्दन चौदरि,संगीत लामा,कन्छा तामङ,आईत लाल वाईबा तामाङ,मिन तामङ,मन ब थापा मगर,स्याम राना मगर ,मन ब अस्मि मगर,स्याम ब मगर आदिहरुको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा प्रमुख अतिथि साथै सभाध्यक्ष सन्तोष केरुङ ज्यूद्वारा एमएनको को ३६ औं स्थापना दिवस निकै महत्त्वपूर्ण र खास रहेको कुराहरू प्रष्ट्याउँदै आगामी दिनहरूमा मलेसियामा कर्म थलो बनाईरहनुभएका सम्पूर्ण नेवालका मंगोलप्रेमी शुभचिन्तक कार्यकर्ताहरुलाई एमएनओ प्रवास सभा मलेसियामा जोड्ने,भेटघाट प्रगाढ बनाउँने र आफ्नो देश नेवालमा मुलवासी मंगोलहरुको अस्तित्व प्राप्तिको निमित्त संगठनलाई आवश्यक जस्तो सुकै सरसहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।

 

क्वालालम्पुर,मलेसियामा भएको मंगोल नेशनल अर्गनाइजेसनको ३६ औं स्थानमा दिवसको अवसरमा कार्यकर्ता भेटघाट कार्यक्रममा एमएनओ प्रवास सभा मलेसियाका सहसचिव सागर गुरुङ्गले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रम एमएनओ प्रभास सभा मलेसियाका सचिव धिराज राईले कार्यक्रम सञ्चालन गरेका थिए।

MNO को 36 औं स्थापना लक्षित प्रवास सभा मलेसियाद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्