बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पान्थरको सिवामा एम एनओको वाड सभा कार्यलय

Mongol Vision | 12 सेप्टेम्बर 2021

पान्थरको सिवामा एम एनओको  वाड सभा कार्यलय

फिदिम/ मंगोल नेशनल अर्गनाइजेशनले पान्थरको फिदिम नगर पालिका वाड न ६ सिवामा आफनो वाड सभा कार्यलय स्थापना गरेको छ । शुक्रबार सम्पन्न भएको एक कार्यक्रमका बीच संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन सभाका संयोजक गणेश चाम्लुङ राइले उक्त वाड सभा कार्यलयको उदघाटन गर्नु भएको हो । एम एनओ जिल्ला सभा पान्थरको सक्रियता र वाड सभाको आयोजनामा भएको कार्यक्रम संयोजक चाम्लुङले रिवन काटेर कार्यलय उदघाटन गर्नु भएको थियो । कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै उहाले अब गाउँ गाउमा मंगोल दर्शन फैलाउदै एम एनओ लाई अगाडि बढाएर लानु पर्ने बताउनु भयो । त्यस्तै उहाले अबको विकल्प भनेकै मंगोल नेशनल अर्गनाइजेसन मात्र भएकोले सबै यसैमा लाग्नु पर्ने बताउनु भयो । वाड सभा उदघाटन कार्यक्रम लाई संगठनका वरिष्ठ केन्द्रिय सदस्य तथा केन्द्रीय सास्कृतिक सभा संयोजक सुर्य गुरुङ , केन्द्रिय सदस्य दिनेश गुरुङ , प्रदेश न १ सदस्य दिनेश चाम्लिङ , पान्थर जिल्ला सभा सल्लाहकार राम तुम्रुक ,सदस्य कुमार गुरुङ , फिदिम नगर पालिका ७ न वाड अध्यक्ष जल गुरुङ र ३ न वाड अध्यक्ष गजेन्द्र राई लगायतले पनि आ आफनो मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा सिवा छेत्रका मुलबासी मंगोल जनसमुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । वाड सभा अध्यक्ष बल बहादुर बिर्जा मगरको अध्यक्षतामा भएको कार्यक्रममा बिजय राइले स्वागत मन्तव्य राख्नु भएको थियो भने लोकेन्द्र गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

Enter

 

पान्थरको सिवामा एम एनओको  वाड सभा कार्यलय

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्