मङ्गलबार 19 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दक्षिण कोरियामा एम.एन.ओ. र मंगोल राष्ट्रबाद सम्वन्धी प्रशिक्षण सम्पन्न।

दिपक मंगाेल | 16 सेप्टेम्बर 2019

दक्षिण कोरियामा एम.एन.ओ. र मंगोल राष्ट्रबाद सम्वन्धी प्रशिक्षण सम्पन्न।

सेप्टेम्वर १५ २०१९ मा दक्षिण कोरियाको सउल शहरमा रहेको दर्शन नमस्ते रेष्टुरेन्टमा मंगोल नेशनल अर्गनाईजेशन प्रवास सभा दक्षिण कोरियाको सक्रियतामा एक दिने मंगोल राष्ट्रबाद र एम.एन.ओ. सम्वन्धी खुल्ला परिचयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरु प्रवास सभा द. कोरियाका सचिव अचम्म लामा र प्रवास सभा द. कोरियाका सल्लाहकार याम गुरुङ रहनु भएको थियो, कार्यक्रमको संचालन प्रचारप्रसार सचिव तेजिन्द« पुनमगरले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रवास सभा दक्षिण कोरियाका अध्यक्ष गणेश चिडी मगरले गर्नु भएको थियो।
प्रशिक्षण गराउँदै प्र्र्रशिक्षक लामाले एम.एन.ओ.को एजेन्डाहरु तथा सिद्धान्तहरु, मानव अस्तित्व लगाएत मंगोल अस्तित्व र डा.गोपाल गुरुङको बारेमा समेत प्रष्ट पार्नु भएको थियो भने प्रशिक्षक गुरुङले पनि थप प्रष्ट पार्दै मंगोल राष्ट्रबादको बारेमा प्रशिक्षण गराउनु भएको थियो।
कार्यक्रमका अध्यक्ष गणेश चिडी मगरले एम.एन.ओ.को विगत र वर्तमान अवस्थाको बारेमा सवैलाई जानकारी दिदै एम.एन.ओले निकट भविष्यमा मंगोल राष्ट्रबाद प्राप्त गर्नको लागि एम.एन.ओ. र मंगोल राष्ट्रबादकोे बारेमा गाउँगाउँ बस्तीबस्तीहरुमा सुतेर रहेका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोलहरुलाई जगाउँने अभियान जारी राखेको र बाध्यताले विदेशी भुमीलाई कर्मठलो बनाउन बाध्य भएका मंगोलहरुबिच हातेमालो गरी मंगोलहरु विउझाँउने अभियानलाई थप प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको बताउँदै दक्षिण कोरियामा पनि छरिएर रहेका मुलवासी मंगोलहरुलाई एम.एन.ओ. तथा मंगोलहरुको छाता संगठनमा आवद्धहुन समेत आग्रह गर्नु भयो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्