शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल भिजनको बजार व्यवस्थापक र प्राविधिकमा क्रमशः गुरुङ र नेपाली नियुक्त

Mongol Vision News | 22 मार्च 2020

मंगोल भिजनको बजार व्यवस्थापक  र प्राविधिकमा क्रमशः गुरुङ र नेपाली नियुक्त

काठमाण्डौ÷ मंगोल भिजन राष्ट्रिय साप्ताहिक प्रत्रीकाको बजार व्यवस्थापकमा शिव बहादुर गुरुङ र प्राविधिकमा बासुदेव नेपाली नियुक्त हुनु भएको छ ।
    मंगोल भिजन राष्ट्रिय साप्ताहिकको फागुन २३ गते झापामा बसेको बैठकले शिव बहादुर गुरुङलाई बजार व्यवस्थापक र बासुदेव नेपालीलाई प्राविधिकमा नियुक्त गरेको छ । मंगोल भिजन राष्ट्रिय साप्ताहिकका प्रबन्धक राज कुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले मंगोल भिजनलाई देशव्यापी फैलाउन  मंगोल भिजन राष्ट्रिय साप्ताहिक प्रत्रीका पश्चिमको बुटवलबाट समेत प्रकाशन गर्ने र यसका लागि बजार व्यवस्थापक शिव बहादुर गुरुङलाई नै जिम्मा दिने निर्णय गरेको छ भने नेपालीलाई पश्चिम छेत्रको लागि प्राविधिकको जिम्मा दिइएको छ । बैठकमा प्रत्रीकाको निर्देशक प्रेम छिरी शेर्पा, सम्पादक दिलिप धिमाल, प्रमुख समाचार दाता लासिमहाङ लिम्बू, प्राविधिक सन्जुहाङ मंगोल, एमएनओ वरिष्ठ केन्द्रीय सदस्य शान्ति लाल धिमाल, समाचार दाता महेन्द्र थापा लगायत उपस्थिति रहनु भएको थियो । यसै बीच मंगोल भिजन राष्ट्रिय साप्ताहिक प्रत्रीका बुटवलबाट समेत प्रकाशन हुन थालेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्