शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पानी माग्दा मुखमा पिसाब गरिदिने जेलरप्रती मण्डेलाको उद्धारभाव

Mongol Vision News | 28 मे 2019

पानी माग्दा मुखमा पिसाब गरिदिने जेलरप्रती मण्डेलाको उद्धारभाव

एजेन्सी । नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए । सबैले आ–आफ्नो मनपर्ने खाना अर्डर दिए र खानाको प्रतिक्षा गर्न थाले । त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना ब्यक्ति पनि खानाको प्रतिक्षा गरि राखेका थिए । मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती ब्यक्तिलाई पनि आफ्नो टेबलमा बोलाउन भने । अर्डर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले । ति ब्यक्तिले पनि खाना खान थाले । तर खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो । उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो । खाना खाई सकेर ती ब्यक्ति शिर झुकाएर फ़टाफट होटलबाट निस्किए । ति ब्यक्ति खाना खाएर गए पछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने, ‘राष्ट्रपति महोदय, ती ब्यक्ति धेरै बिरामी देखिन्छन् ।

          खाना खाने समयमा उसको हात र शरीर लगातार काँमिरहेको थियो । पसिना पनि आइरहेको थियो । र उनी साह्रै आत्तिएका देखिन्थे ।’ मण्डेलाले भने, तपाईले सोचेको ति ब्यक्तिको हात र शरीर काँप्नुको कारण कुनै बिरामी होइन । बास्तबमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, ती ब्यक्ति त्यो जेलका जेलर थिए ।’ मेण्डेलाले अगाडि भने ‘जब उनले मलाई यातना दिन्थे म बेदना सहन नसकेर चिच्याई–चिच्याई पानी माग्थे तब ती ब्यक्तिले मेरो मुखमा पिसाब गरिदिन्थे ।’ मण्डेलाले फेरि अगाडि भने ‘अहिले म देशको राष्ट्रपति छु । सायद उसलाई लाग्यो होला उसको साथ पनि मैले त्यस्तै व्यवहार गर्नेछु । तर, मेरो चरित्र त्यस्तो छैन । मलाई लाग्छ कि बदलाको भाबनाले काम गर्दा विकासतिर होइन विनाशतिर गइन्छ । धैर्य र सहिष्णुताको मानसिकता भएमा मात्र हामी सबै बिकासतर्फ बढ्न सक्छौं ।’

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्