शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रेसिडेण्ट बुद्धलाल मेचे द्वारा कुण्ठित कस्तुरी कविता संग्रह बिमोचन

Laasim Hang Mongol | 1 सेप्टेम्बर 2019

प्रेसिडेण्ट बुद्धलाल मेचे द्वारा कुण्ठित कस्तुरी कविता संग्रह बिमोचन

झापा/ आज दिनांक 1 सेप्टेम्बरका दिन मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सदस्य चन्द्र बान्तावा द्वारा लिखित कविता संग्रह जिल्ला सभा झापाको नियमित बैठकको अवसरमा प्रेसिडेण्ट बुद्धलाल मेचे ज्युको हातबाट कविता विमोचन गरिएको छ । चाराली स्थित जिल्ला सभा झापाको कार्यलयमा भएको उक्त पुस्तक विमोचन कार्यक्रममा प्रेसिडेण्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशिष्ट अतिथि संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सान बहादुर मेचे रहनु भएको थियो । झापा जिल्ला सभाका कोषाध्यक्ष वीरवल योङहाङ लिम्बूको स्वागत मन्तव्य संगै शुरूवात भएको उक्त कविता विमोचन कार्यक्रम प्रमुख अतिथी प्रेसिडेण्ट बुद्धलाल मेचे ज्युले विमोचन गर्नु भएको थियो । कुण्ठित कस्तुरी कविता विल्कुलै राजनितीक परिवेश मै लेखिएको रचनाकार चन्द्र बान्तावाले प्रष्ट पार्नुभयो । कविता संग्रह तयार हुनुमा प्रमुख प्रेरणा युग पुरुष अमर डा.गोपाल गुरुङ रहेको कुरा बान्तावाले बताउनु भयो । त्यस्तै कवितामा अधिकांश आफ्नै जीवनको भोगाईलाई उतार्न खोजेकोले आफुले आफैलाई तिमी शव्दले प्रयोग गरेको र उक्त शब्द प्रती खिन्नता प्रकट नगरिदिनुहुन पाठक वर्गमा उहाँले आग्रह समेत गर्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै प्रमुख अतिथी प्रेसिडेण्ट बुद्धलाल मेचे ज्युले समाजको कुसंस्कार, कुरिती हटाउन सक्ने शक्ति नै साहित्य रहेको बताउनु भयो । सांगठनिक काम कर्तव्य भन्दा धेरै थप कार्य गरि संगठनलाई उच्च स्थानमा पुर्याउनु महान कार्य रहेको बताउनु हुँदै अब साहित्य क्षेत्रमा दक्षले साहित्यबाट, गीत संगीत क्षेत्रमा दक्षले गीत संगीतबाट मूलवासी मंगोल जगाउन अनुरोध गर्नुभयो । एमएनओ प्रदेश नम्बर एकका अध्यक्ष भास्कर चाम्लिङ, सचिव सागर राई लगायत विशिष्ट अतिथी सान मेचे ज्युले शुभकामना मन्तव्य राख्नु भएको थियो । एमएनओ जिल्ला सभा झापाका अध्यक्ष लासिम हाङ मंगोलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम जिल्ला सचिव बानीरा मेचेले सन्चालन गरेकी थिइन् भने कार्यक्रममा नगर तथा गाउँ सभा, जिल्ला सभा, प्रदेश सभा र केन्द्रीय सभाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्