शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

असोज ३ गते संविधान दिवसबारे प्रेसिडेण्ट बुद्धलाल मेचेसंग लिएको अन्तर्वार्ता

Mongol Vision News | 20 सेप्टेम्बर 2019

असोज ३ गते संविधान दिवसबारे प्रेसिडेण्ट बुद्धलाल मेचेसंग लिएको अन्तर्वार्ता

असोज ३ गते अर्थात् नेपालको मूल कानुन संविधान दिवसको अवसरमा मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेण्ट बुद्धलाल मेचे ज्युसंग संविधान प्रतिको धारणाबारे उहाँकै निजि निवास झापा मेचिनगर-३ स्थित बडाखालमा मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रीकाका टीमले लिएको अन्तर्वार्ता:-

 

 

 >> असोज ३ गते अर्थात् संविधान दिवसलाई कसरी हेर्नु भएको छ ?

             -यो समय हाम्रा निमित्त कम्युनिष्ट सरकार र संविधान नरुचेको गाँस भएपनि डिस्टर्ब गरिहाल्नु पर्ने आवश्यकता देखिदैन। यसको बिकल्प खोज्न थालियो भने, लोकतन्त्र धरापमा पर्न जान्छ र लोकतन्त्र बिरोधी तत्वहरुले टाउको उठाउने मौका पाउँछन् । बिरोध गर्नु मात्र सबै समस्याको समाधान होइन। चर्को बिरोध गरेर सरकार फेर्ने, संविधान फेर्ने आन्दोलनहरु सफल भए पनि अर्को आउने ए.बि.सि.डी. जुनसुकै नयाँ सरकारमा जुनै जोगि आएपनि कानै चिरुवा भने जस्तो नेतृत्व गर्ने र गुद्दि खानेमा त तिनै अभावमा भाउ पाएका हिन्दुवादी, राजावादी बाहुन क्षेत्रीहरु लामबद्ध लागेर पालो पर्खेर बसेका छन् । हाम्रो मान्छेको भागमा त जति उफ्रेपनि बोक्रा पर्ने मात्रै देखिन्छ। अर्थात हिजोदेखि जुन कुरा हुंदै आइरहेको थियो,त्यही कुरा दोहोरिने मात्र हो। यतिबेला मालिक फेर्दैमा कुनै चमत्कार हुनेवाला केही पनि देख्दिन।

 

 >> 2072को संविधान नेपालका मुलवासी मंगोलहरुको हितमा छैन यसकारण एमएनओले पनि सडक आन्दोलनमा आउनुपर्छ भन्छन् नी?

      - 2072 असोज 3 गते नेपाल सरकारले संविधान जारी गरेको दिन देखिनै एमएनअोले बिरोध जनाउंदै देश भित्रका जनतालाई र अन्तराष्ट्रिय जगतलाई लेखेर यो संविधानले 20% खस आर्य बंशको मात्र अस्तित्व स्वीकार्ने र सुरक्षित गर्ने काम गरेको छ र यहांका 80%अहिन्दु मुलवासी मंगोलहरुको अस्तित्व माथी खेलबाड गरेर बेवास्ता गरेको छ भनेर सु-सुचित गरिसकेका छौं। संसदमा एमएनओको प्रतिनिधि नपुगेको हुँदा मुलवासी,मंगोलको बिषयमा प्रस्ताव राख्ने र व्याख्या विश्लेषण गर्ने कोही साम्सद छैनन्। यसकारण जनता नै जनार्दन भएकोले पहिलो झमटमा वृहत नेपाली जनता भनेको हाम्रो मान्छेहरुको घर-घरमा पुगेर यो यथार्थ कुरा सुनाउने काम गर्दैछौं।

 

 >> एमएनओले यो संविधानको बिरोध कहिले सम्म गरिरहन्छ?

        -हिजो शुभारम्भ देखिनै गर्दै आइरहेको हो, आज पनि गर्छ र भोलि पनि गर्ने नै छ। जब सम्म संविधानमा मंगोलहरुको अस्तित्व स्वीकारेर मुलवासी मंगोल भनेर लेखिंदैन, विभेदकारी कथित अराष्ट्रिय चन्द्र सुर्य अंकित झण्डा र राष्ट्रिय जनवार बनाइएको पशु गाइलाई हटाउँदैन र समानता,भातृत्व र स्वतन्त्रताको अनुभुति जनताहरुलाई गराउन सक्दैन तब सम्म बिरोध गरिरहन्छ, यसको निमित्त एमएनओ लडिनै रहन्छ, यसमा दुइमत छैन।

 

 >> असोज 3 गते संविधान जलाउने भनेर असन्तुष्ट पक्षहरु सडक आन्दोलन गर्दैछन् यसमा तपाईंको राय के छ?

        -त्यो उनीहरुको कुरा हो। संचालित हो कि स्वचालित हो पहिला हेर्नु पर्ने हुन्छ। लोकतन्त्र बलियो बनाउने खाल्को आन्दोलन हो भने राम्रो कुरा हो, लोकतन्त्र कम्जोर बनाउने खाल्को आन्दोलन हो भने राम्रो कुरा होइन र यसको नतिजा राम्रो हुंदैन। 2047 को कथित हिन्दु संविधानलाई एमएनओले संविधान दिवसकै दिन पारेर 2058 कातिक 23 गते दोलखाको चरिकोट र रुपन्देहीमा जलाइ दिएका थिए। संविधान जलाउने चरिकोटका कार्यकर्ता जलन्धर पाख्रिन पक्राउ परेर महिनौ दिन सम्म प्रहरी हिरासतमा कोच्रिनु परेको थियो। तर एमएनओको बिरोध गर्ने शैली र आन्दोलन गर्ने तरिका संधै फरक ढंगले हुन्छ। जब सम्म बिकल्प दिन सकिंदैन र विकल्पको रुपमा आफैं तयार छैन भने संविधान दिवसको दिनलाई पर्खेर एक दिन सडकमा प्लेकार्ड र कालो झण्डा देखाउनु र नदेखाउनुमा खासै अर्थ रहदैन।

 

>> अबको आन्दोलन मुलुकमा हिन्दु राजसंस्था फर्काउने आन्दोलनसंग संबन्धित छ भन्ने गरिन्छ नी?

           -नेपाल र भारतमा हिन्दुहरु कति पो छन् र! थोरै भएकै कारणले गाग्रीको आधा पानी छचल्किएर हो-हल्ला गरेको जस्तो मात्रै हो। अब नेपाली जनताहरु चेतनशील भइसकेका छन्। हिजो गल्ती गर्यो, भिजन नभएका हिन्दुवादी नेताहरुलाई जिताएर संविधान र ऐन बनाउने ठाउंमा पुर्यायो। अब तेसो गरेर संकट निम्त्याउने पक्षमा छैनन् नेपाली जनताहरु। तेस्ता मुलुकमा संकट निम्त्याउने नेताहरुलाई पछारेर तल खसाल्न सक्ने शक्ति पनि जनताहरु सँगै छ।

 

>> नेपाली जनताहरु अल्मलिएका हुन कि बलेको आगो ताप्ने बानी परेको हो?

            -हिजो राजाले जनतालाई धोका दिए बिकल्पमा राजनीतिक दल रोज्नु पुग्यो। कंग्रेसले धोका दिए एमालेलाई रोज्यो, एमालेले पनि धोका दिए माओवादीमा गयो। माओवादीले पनि धोका दिएपछि अहिले जनताहरु नयाँ-नयाँ पार्टी र नेताहरूको खोजीमा छन्। 9 वटा शिलको ढोका खुल्ला भएको नेताले सही गन्तव्यमा पुर्याउन सक्दैन। जब सम्म स्पष्ट भिजन भएको राजनीतिक संगठन एमएनओ र 9 वटा शील स्वभाको ढोका बन्द भएका युगपुरुष अमर ड. गोपाल गुरुङ ज्युलाई समर्पण गर्न सक्दैनन् तब सम्म नेपाली जनताहरुले नयाँ-नयाँ नेता र राजनीतिक दलहरु खोजि रहन्छ र धोका पाइनै रहन्छन्।

 

 >> अन्तिममा के भन्न चाहनुहुन्छ?

          -युग पुरुष अमर ड. गोपाल गुरुङज्युले लड्नु भएको, निर्देशन गर्नु भएको कुरालाई नै हामीले प्रत्येक जनताहरुको घर आँगनमा पुगेर राजनीतिक चेतनशील बनाउने र यस बारेमा सुसुचित गराउने काम भइरहेको छ। यस काममा संकुचित जातिय र क्षेत्रीय भावना होइन, बृहत फराकिलो मंगोल भावना जाग्नु पर्छ यहांका मुलवासी मंगोलहरुमा। तव मात्र मुलुक र आउंदो पिंडीहरुका लागि केही दिएर जान सकिन्छ। सम्पुर्ण मुलवासी मंगोलहरु लाइ साथ दिन र सहयोगको लागि सदैव एमएनओ आव्हान र अनुरोध गर्दछ।

जै मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्