बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आबुखैरेनी गाउँ पालिका मंगोलमय बन्दै

Anita Thapa magar | 5 सेप्टेम्बर 2019

आबुखैरेनी गाउँ पालिका मंगोलमय बन्दै

मिति २०७६ भदौ १७तदानुसार september 3 , 2019 मंगलबारको दिनमा आबुखैरेनी-०५, लाब्दी भोटेश्वरा , तनहुँको खुल्ला चौरमा मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनि गाउँ सभाको आयोजनामा गाउँ सभाका अध्यक्ष कुमार काजी तमुको सभाधक्ष्यतामा र केन्द्रिय सदस्य तथा आर्थिक विभागका सदस्य सोम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा बहुसमुदायका लाब्दीवासिहरुको बाक्लो उपस्तिथिमा सभ्य र भव्य रुपमा एकदिने मंगोल रास्ट्रवाद सम्बन्धि मुलवासी प्रशिक्षण सम्पन्न भएको छ र कार्यक्रम पस्चात तुल बहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय MNO, आबुखैरेनी गा.पा.-०५, वडा सभा गठन भएको छ। उक्त कार्यक्रममा विशिस्ट अतिथिका रुपमा MNO केन्द्रीय सदस्य प्रबिना थापा मगर हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा MNO गण्डकी प्रदेश सभाका सचिव देब थापा मगर( महेन्द्र मंगोल) , आबुखैरेनी गाउँ सभाका वरिष्ठ सल्लाहकार याम बहादुर गुरुङ , आबुखैरेनी गाउँ पालिका-0४ वडा सभाका अध्यक्ष तुल बहादुर गुरुङ र जनप्रतिनिधि आबुखैरेनी-०५ का वडा सदस्य देविलाल गुरुङ रहनु भएकाे थियाे । कार्यक्रममा सम्पुर्ण अतिथीहरुले अत्यन्तै गहकिला शुभकामना मन्तब्यहरु व्यक्त गर्नुभएको थियो। मन्तब्यका क्रममा गण्डकी प्रदेशका सचीव थापाले लोकतान्त्रिक मुलुकमा अहिले बाहुनक्षेत्रीको हाली मुहाली गरि आफुलाइ जनजाती भनी गर्व गर्दै एकदुई पैसामा बिकेका मंगोल अनुहारका मुलवासीहरु र राजा फर्काउन टुप्पि कसेकाहरु एउटै हुन् त्यसैले उनिहरुदेखी सचेत हुन आग्रह गर्दै लाब्दीवासिसङ्ग MNO लाई तन, मन र धनले क्षमताअनुसार सहयोग गर्न आग्रह गर्नु भएको थियो। त्यसैगरी विशिस्ट अतिथिज्युले भने नेपालको राजनीति भनेको चितवनमा खेलाउने हाती पोलो खेल जस्तै रहेको बताउभएको थियो जहाँ मुलवासी मंगोलहरुलाइ प्रयोग गरेर बाहुन क्षेत्रीहरु सभा सदनमा पुगि मंगोलको विरुद्ध नीति नियमहरु निर्माण गर्छन् ।त्यसकारण अब भने मुलवासी मंगोलहरुमा राजनैतिक चेतना नभएमा मंगोल भुमी गुम्न सक्छ भन्दै सम्पुर्णलाई मंगोल नेशनल अर्गनाइजेसनको उदेश्यबारेमा प्रस्ट्याउनु भएको थियो । प्रमुख अतुथिले भने अत्यन्तै सरल र सहज ढंगले सम्पूर्ण उपस्तिथ महानुभावहरुले बुझ्ने गरि नेपालको लुकाइएका असलि इतिहास प्रस्ट्याउदै नेपालको समसामयिक राजनैतिक अवस्थाबारे छर्लंग पार्दै मुलवासी मंगोल र आदिवासी जनजाती विचमा भिन्नता प्रस्ट बनाएर मंगोल अस्तित्व पहिचान भन्दा सर्वेससर्वेसर्वा रहेको भन्दै एकदिने मंगोल रास्ट्रवादसम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो।

 

 

 

आबुखैरेनी गाउँ पालिका मंगोलमय बन्दै

उक्त कार्यक्रम पश्चात् गठन भएको MNOआबुखैरेनि-०५ वडा सभामा सचिव स्वीकृति गुरुङ हुनुहुन्छ , कोषाध्यक्षमा संगीता गुरुङ र स-सचीवमा अस्मिता गुरुङ हुनुहुन्छ र अन्य सदस्यहरुमा भिम बहादुर गुरुङ , क बहादुर गुरुङ, मनकुमारी गुरुङ , भिम जगत गुरुङ , दिलमाया गुरुङ , साजन गुरुङ , टेक बहादुर गुरुङ हुनुहुन्छ र सल्लाहकारमा देविलाल गुरुङ चयन हुनुभएको छ। सम्पूर्ण उपस्थित मंगोलप्रेमिहरुको स्वागत आबुखैरेनी गाउँ सभाका सदस्य अमर गुरुङले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन गण्डकी प्रदेश प्रचार प्रसार सचीव अनिता थापा मगरले गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्