शुक्रबार 21 अगस्ट 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ कार्यकारिणीसभाको वाग्मती भ्रमण सम्पन्न

mongolvision | 21 अगस्ट 2026

एमएनओ कार्यकारिणीसभाको वाग्मती भ्रमण सम्पन्न

मंगोल नेशनल अर्गनाइजेशनका कार्यकारिणी सभाका शीर्षस्थ नेताहरूको टोलीले वाग्मती प्रदेशका विभिन्न जिल्लाहरूको साङ्गठनिक भ्रमण गर्दै कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। एमएनओका मूलसचिव सन्तोष तामाङको मुख्य नेतृत्वमा रहेको टोलीले प्रदेशका विभिन्न जिल्लाहरूमा पुगी कार्यकर्ता भेटघाट र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। ​उक्त टोलीमा केन्द्रीय सचिव मनि पापो लिम्बू, सहसचिव सान मेचे, र प्रवक्ता रिन्छेन तामाङका साथै गण्डकी प्रदेश सचिव नवीन घले र झापा जिल्ला अध्यक्ष सागर मंगोलको समेत सहभागिता रहेको थियो। ​टोलीले वाग्मती प्रदेशअन्तर्गतका चितवन, ललितपुर, काठमाडौँ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र मकवानपुर लगायतका जिल्लाहरूमा सघन रूपमा साङ्गठनिक गतिविधि सञ्चालन गरेको थियो। सो क्रममा वर्तमान विश्व भू-राजनीति र राष्ट्रिय राजनीतिमा एमएनओका नेता तथा कार्यकर्ताहरूले खेल्नुपर्ने भूमिकाका विषयमा विशेष चर्चा गरिएको बताइएको छ ।

एमएनओ कार्यकारिणीसभाको वाग्मती भ्रमण सम्पन्न

​कार्यक्रमका क्रममा शीर्ष नेताहरूले विश्व राजनीतिमा आएको पछिल्लो परिवर्तनबारे चर्चा गर्दै ​पूँजीवादी व्यवस्थाको युगको अन्त्यसँगै अमेरिकाको पतन भएको छ र विश्वमा नयाँ समाजवादी युगको उदय भइरहेको छ। यो नयाँ युगको नेतृत्व मित्रराष्ट्र चीनले गरिरहेको बताएका छन । विश्व राजनीतिमा भइरहेको यो शक्ति सन्तुलनको फेरबदल र बदलिँदो राष्ट्रिय राजनीतिक परिस्थितिमा आगामी निर्वाचनमार्फत मंगोल नेशनल अर्गनाइजेशन निश्चित रूपमा सदन र सरकारमा स्थापित हुने कुरामा किटाण गरेका छन । कार्यकारिणी सभाको दृढ निर्णय र अडानलाई उद्धृत गर्दै नेताहरूले आगामी निर्वाचनमा उल्लेख्य सफलता हासिल गर्नका लागि अहिलेदेखि नै सम्पूर्ण नेता-कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ संगठन विस्तार र जनसम्बन्ध सुदृढ बनाउन निर्देशन दिएका छन्। ​भ्रमणका क्रममा विभिन्न जिल्लाका कार्यकर्ताहरूमा नयाँ उत्साह थपिएको र साङ्गठनिक अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्