बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आबुखैरेनिमा एकदिने प्रशिक्षण सम्पन्न

Susma Aale | 4 सेप्टेम्बर 2021

आबुखैरेनिमा एकदिने प्रशिक्षण सम्पन्न

तनहुँ/ मंगोल नेशनल अर्गनाइजेशन, आबुखैरेनी ४ वडा सभा तनहुँको आयोजना मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मिति २०७८/०५/१९ तदानुसार sep 4, 2021, को दिनमा मंगोल नेशनल अर्गनाइजेशन, आबुखैरेनी ४ वडा सभाका अध्यक्ष रण बहादुर खवास ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन, केन्द्रिय सदस्य प्रबिना थापा मगर ज्युको प्रमुख आतिथ्यततामा आबुखैरेनी वडा नम्बर ४, भागे गाउँमा विभिन्न पदाधिकारी तथा अन्य महानुभावहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेशन, गण्डकी प्रदेश सभाका अध्यक्ष नवीन गुरुङ र सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगर, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सचीव सुस्मा आले, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका कोषाध्यक्ष ज्ञानि माया थापा मगर, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सदस्य भिम बहादुर थापा मगर, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सदस्य कुमार काजी तमु, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सदस्य याम गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सदस्य तुल बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन आभुखैरेनी गाउँ सभाका अध्यक्ष बुद्धि गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी गाउँ सभाका कोषाध्यक्ष माया गुरुङ र मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी वडा सभा वडा नम्बर २ का अध्यक्ष चिज कुमार गुरुङ हुनुहुन्थ्यो । कार्यक्रमका प्रमुख अतिथी थापा ज्युले मानव अस्तित्वको विषयमा बुझाउदै उपस्थित महानुभावहरुलाई मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण राख्नु भयो ।

साथै अबको अन्तिम विकल्प मंगोल नेशनल अर्गनाइजेशन बाहेक अरु नरहेको जानकारी गराउनु भएको थियो । उक्त प्रशिक्षण पश्चात रितु खवास ज्युको अध्यक्षतामा १९ सदस्य सहित मंगोल नेशनल अर्गनाइजेशन वडा ४ को टोल सभा गठन गरियो । सदस्यहरुमा एलिना सुनार, लक्ष्मी वि.क, रेसम खवास, राम बहादुर मस्रास्ङ्गि, भुवन मगर, चाम बहादुर मगर, इम बहादुर मगर, सुन बहादुर थापा मगर, सुरज खवास, दिपक खवास, रोमन खवास, जय लक्ष्मी खवास, थम बहादुर मगर, मीन बहादुर सुनरी मगर र उदव बहादुर मगर हुनुहुन्थ्यो । मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा तनहुँका सदस्य कुमार काजि तमु ज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी गाउँ सभाका सचीव प्रकाश परियार ज्युले कार्यक्रम सञ्चालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्