शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आबुखैरेनिमा एम एनओको प्रशिक्षण

Susma Aale | 23 अप्रिल 2021

आबुखैरेनिमा एम एनओको प्रशिक्षण

तनहुँ/ मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी वडा सभाको पहलमा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।

२३ अप्रिल २०२१ का दिन मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी वडा २ वडा सभाका अध्यक्ष चिज कुमार गुरुङ ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय मुल सचीव थम्मन बुढा मगर ज्युको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी वडा २ वडा सभाको आयोजनामा आबुखैरेनी वडा २ ढकलटार, तनहुँमा मंगोलहरुको आवाज विभेद रहित समाज, सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता देश विकास रोजगार र शान्तिको आवश्यकता, मुलवासी मंगोलहरुको सरकार बनाउनु पर्ने प्रतिबद्धता भन्ने मुल नाराका साथ मुलबासी मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको विशिष्ट अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका अध्यक्ष नवीन गुरुङ हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा कास्कीका सदस्य पुरन गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सदस्य कुमार काजी गुरुङ, याम गुरुङ, दल बहादुर मगर, तुल बहादुर गुरुङ, जिल्ला सभा तनहुँका पुर्व सदस्य प्रताप राना, मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनी गाउँ सभाका अध्यक्ष माया गुरुङ, आबुखैरेनी गाउँ सभाका सचीव प्रकाश परियार हुनुहुन्थ्यो । बिशिष्ट अतिथी गुरुङ ज्युले अबको समयमा पनि बहुनक्षेत्रीलाई भोट दिनु भनेको आफ्नो सन्तानको भविस्य अन्धकारतर्फ ढकेल्नु हो भन्दै शुभकामना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रमका प्रशिक्षक तथा प्रमुख अतिथी थम्मन बुढा मगर ज्युले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रष्ट्याउँदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ, राई, लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध भइ मानव सरह बाँच्नुपर्छ भन्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण पश्चात हिमाल गुरुङ ज्युको अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन भएको छ । सदस्यहरुमा कुमार गुरुङ, च्याउरि गुरुङ, इमलाल गुरुङ, ज्ञान बहादुर राना मगर, सरस्वती गुरुङ र ईश्वर वि.क. चयन हुनु भएको छ । साथै मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी वडा ४ को अध्यक्षमा रण बहादुर खवास मनोनित हुनु भएको छ । मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी वडा २ का सचिव बिक्रम थापा ज्युले स्वागत मन्तव्य र मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका कोषाध्यक्ष ज्ञानि माया थापा ज्युले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्