शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आबुखैरेनीमा मंगाेल दर्शन

Mahendra Mongol | 15 सेप्टेम्बर 2019

आबुखैरेनीमा मंगाेल दर्शन

 मिति 14, September ,2019 मा आबुखैरेनी गाउँपालिका वडा न.-०६ , हिलेखर्क तनहुँमा मंगोल नेशनल अर्गनाइजेसन , आबुखैरेनी गाउँ सभाको अयोजनामा आयोजित एकदिने मंगोल प्रशिक्षण कार्यक्रम गाउँ सभाका अध्यक्ष कुमार काजी तमुको सभाधक्ष्यतामा र एम. एन.ओ केन्द्रिय सभाका केन्द्रिय सदस्य तथा आर्थिक विभागका सदस्य सोम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विशिस्ट अतिथिहरुका रुपमा गण्डकी प्रदेश सभाका पुर्वसचिव देब बहादुर थापा मगर र पुर्व प्रचारप्रसार सचिव अनिता थापा मगर हुनुहुन्थ्यो ।अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोर्खाका सदस्य तेम्बा ग्याल्जेन , आबुखैरेनि-0४ का अध्यक्ष तुल बहादुर गुरुङ र स्थानीय समाजेविहरु हुनुहुन्थ्यो।कार्यक्रममा सम्पुर्ण अतिथीज्युहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो। उक्त कार्यक्रममा गण्डकी प्रदेश सभाका पुर्व प्रचारप्रसार सचिवज्युले शुभकामना मन्तब्य दिने क्रममा मुलवासी मंगोल मुक्तिको लागि युगपुरुष डा. गोपाल गुरुङज्युले तिनवटा शक्तिशाली राजाहरुसङ्ग प्राणको बाजी लगाएर त्याग , तपस्या र बलिदान गर्नुभएको कारणले वर्तमान समयमा सम्पुर्ण मंगोल समुदायका लागि मुक्ति प्राप्तिको वैचारिक लडाइँमा धेरै सहज भएको र सम्पूर्णले एम.एन.ओ को मंगोलराष्ट्रवाद बुझ्नुपर्ने कुरामा जोड दिएका थिए। साथै पुर्व सचिवज्युले पनि नेपालको राजनीतिको बारेमा केही हदसम्म प्रस्ट्याउदै आबुखैरेनी गाउँ सभाले गरेको उक्त प्रशिक्षण कार्यक्रमलाइ प्रोत्साहन दिदै यस्तै अन्य कार्यक्रमहरुलाइ आफ्नो व्यक्तिगतर्फबाट तन , मन र धनले साथै क्षमताले भ्याएसम्म साथ , सहयोग गर्ने प्रतिबद्धता गर्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियोे । प्रशिक्षकका रुपमा भुमिका निभाउनु हुने प्रमुख अतिथिज्युले मानवीय अस्तित्व, लोकतन्त्र , धर्मनिरपेक्ष र प्रान्तीय सरकारको महत्वको बारेमा प्रस्ट्याउदै मुलवासी मङगोलले अब मालिक र शासक बन्नको लागि संकल्प लिनुपर्ने कुअरा व्यक्त गरि आकर्षकढंगले प्रशिक्षण कार्यक्रम दिनुभयो ।

आबुखैरेनीमा मंगाेल दर्शन

साथै कार्यक्रम पश्चात् टक बहादुर गुरुङको अध्यक्षतामा १७सदस्यीय आबुखैरेनी गा.पा-०६ वडा सभा गठन भएको छ। त्यस्तै सचीवका रुपमा चन्द्र प्रकाश गुरुङ हुनुहुन्छ , कोषाध्यक्षमा विशाल गुरुङ हुनुहुन्छ ।सदस्यहरुमा , , गुरुङ गौतम गुरुङ , सानो कान्छा गुरुङ , धन बहादुर गुरुङ , देउ बहादुर गुरुङ , गम्भीर गुरुङ , कुम बहादुर गुरुङ, बाटु गुरुङ , चन्द्रध्वज गुरुङ, सामलाल गुरुङ , हर्कबहादुर गुरुङ , जीवन गुरुङ , टिकि सरा गुरुङ , सोमलाल गुरुङ हुनुहुन्छ र सल्लाहकारहरुमा भुपाल गुरुङ र युबराज गुरुङ हुनुहुन्छ । स्वागत मन्तब्य MNO आबुखैरेनी गाउँ सभाका वरिष्ठ सल्लाहकार याम बहादुर गुरुङले दिनुभएको थियो भने कार्यक्रम सचालन भने मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनी गाउँ सभाका सचीव रस्मी मगरले गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्