शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आगामी मार्च 1 मा बारपाक सुलिकोटको ऐतिहासिक प्रथम वडा अधिवेशन हुने

Mongol Vision News | 18 फेब्रुअरी 2020

आगामी मार्च 1 मा बारपाक सुलिकोटको ऐतिहासिक प्रथम वडा अधिवेशन हुने

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन बारपाक सुलिकोट वडा नं.३ वडा सभाका अध्यक्ष कामी तामाङज्युको सभाधक्ष्यता र मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगरज्युको प्रमुख आतिथ्यतामा बारपाक सुलिकोट वडा नं.३ सुककोटमा विभिन्न प्रस्तावहरुमाथी छलफल गर्दै आगामी मार्च १ तिरिखको दिन वडा अधिवेशन गर्ने निर्णय पारीत गर्दै बारपाक सुलिकोट वडा न. ३ वडा सभाको नियमित बैठक बसेको छ ।

    मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको तेस्रो एतिहासिक जिल्ला अधिवेशनको तिव्र तयारीसङ्गै जिल्ला अधिवेशनलाइ मध्य नजर गरि विभिन्न नगर तथा गाउँ सभाका अधिवेशनका मिति तोकेको हो । बारपाक सुलिकोट वडा नं.३ वडा सभाको बैठकमा प्रमुख प्रस्तावमा राखिएको बारपाक सुलिकोट वडा नं.३ वडा प्रथम एतिहासिक अधिवेशनमा व्यापक छलफल गरि आगामी मार्च 1, 2020 मा वडा अधिवेशन सफल रुपमा गर्ने निर्णय गरिएको छ । साथै पुर्व बारपाक सुलिकोट वडा नं. ३ वडा सभाका अध्यक्ष कामी तामङ्ज्युको संयोजकत्वमा 11 सदस्यीय अधिवेशन मुलआयोजक सभा गठन गरिएको छ ।

    बैठकाका प्रमुख अतिथि थापाज्युले नेपालको वर्तमान राजनीति २०% हिन्दु आर्यन बाहुन क्षेत्रीहरुको लागि मागी खाने भाडा बनेको र लोकहरुको हित सङ्गत नरहेको कारण युह पुरुष अमर डा.गोपाल गुरुङज्युले त्याग, बलिदान र तपस्या गरि जीवन नै समर्पण गरेर भद्रगोल जेलभित्र स्थापना गर्नु भएको मंगोल दर्शनमा आधारित लोकतान्त्रिक सङ्गठन मंगोल नेशनल अर्गनाइजेशनलाई सफलताको शिखरमा पुराउन अबको पुस्ताले तन, मन र धनले क्षमता अनुसार साथ दिनुपर्ने बताउँनु हुदैँ बारपाक सुलिकोट वडा नं.३ वडा सभाको अधिवेशन सभ्य र भव्य रुपमा सफल पार्न शुभकामना दिनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्