आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आमडांगीमा प्रशिक्षण साथै टोलसभा गठन सम्पन्न

mongol vision | 6 मार्च 2021

आमडांगीमा प्रशिक्षण साथै टोलसभा गठन सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगर सभाको आयोजनामा मेचिनगर-4 स्थित अामडांगिमा एकदिने मुलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 6 मार्च 2021 को दिन संगठन विस्तार सँगै जनतालाई राजनीतिक चेतनसिल बनाउने अभियानको क्रममा मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगर सभाका प्रचार-प्रसार सचीव खम बहादुर राई ज्युको अध्यक्षतामा र संगठनका वरिष्ठ केन्द्रीय सदस्य सान्तिलाल धिमाल ज्युको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। MNO मेचिनगर नगर सभाका अध्यक्ष सागर दर्जि ज्युले उपस्थित लोकसमुदायहरुलाई मानव अस्तित्व, उत्पत्ति र इतिहासको विषयमा बिस्तृत रुपमा लिखित तथा मौखिक रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षणकै क्रममा नेपाललाई लागेको रोग भनेको हिन्दुवाद हो र यसको उपचार भनेको मंगोल रास्ट्रवाद हो भनेर डा.गोपाल गुरुङले रोग र त्यसको औषधि पत्ता लगाइदिइ सक्नुभएकोले अब सबैले हिन्दुवादको चपेटाबाट मुक्त भई अस्तित्व सहितको स्वतन्त्र मानव बन्नको निम्ति मंगोल रास्ट्रवाद नामको औषधि सेवन गर्नुपर्ने बताउनुभएको थियो ।

आमडांगीमा प्रशिक्षण साथै टोलसभा गठन सम्पन्न

कार्यक्रममा विशिष्ट अतिथि एम एनओ १ नम्बर प्रदेश सभा सदस्य देब धिमाल हुनुहुन्थ्यो भने अतिथिको रुपमा एम एनओ प्रभास सभा UAE का अध्यक्ष अमर धिमाल रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख र अतिथिद्वयले मुलवासी मंगोलहरु चाँडो भन्दा चाँडो आफ्नो मुलघर एम एनओमा आवद्ध हुनुपर्ने कुरामा जोड दिनुभएको थियो। कार्यक्रमकै अवसर पारेर सोम लिम्बुको अध्यक्षतामा 8 सदस्यीय आमडांगी टाेल सभा गठन भएको छ। जसको सचीव, काेषाध्यक्ष र सदस्यहरूमा क्रमशः विकास लिम्बु, मिलन मगर र रुद्र बहादुर मगर, गणेश सुब्बा, प्रताप लिम्बु, जुनु प्रधान र विर बहादुर लिम्बु रहनुभएको छ।नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथिले सपथ ग्रहण गराउनु भएको थियो। नगर सभाका सदस्य किसोर धिमाल, नरेन धिमाल र काजिमान आलेको पनि सहभागीता रहेको कार्यक्रमलाई एम एनओ मेचिनगर नगर सभाका सचीव सिनारा मेचेले सञ्चालन गर्नुभएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्