बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आश बहादुर गुरुङ को संयोजकत्वमा १७ सदस्यीय एमएनअाे वालिङ नगर १३ नं वडा गठन गरियाे ।

Nabin Gurung | 21 सेप्टेम्बर 2019

आश बहादुर गुरुङ को संयोजकत्वमा १७ सदस्यीय एमएनअाे वालिङ नगर १३ नं वडा गठन गरियाे ।

२१ अगस्त २०१९/ स्याङ्जा

मंगोल नेशनल अर्गनाइजेसन स्याङ्जा जिल्ला सभा को आयोजना मा यही २९ सितम्बर २०१९ मा हुने गण्डकी प्रदेशको ऐतिहासिक प्रथम अधिबेशन को हुदै गर्दा अधिबेशन लाई भब्य र सभ्य रूपमा सफल पार्न वालिङ नगर वडा १२ र १३ को गठन साथ साथै प्रशिक्षण कार्यक्रम सप्पन्न गरेकोछ। उक्त कार्यक्रम एमएनअाे जिल्ला सभा अध्यक्ष रत्न बहादुर गुरुङ को सभा अध्यक्षतामा प्रमुख अतिथी एम एन ओ केन्द्रीय सभा का मुल सचिब थम्मन बहादुर बुढामगर, बिशिस्ट अतिथी केन्द्रीय सदस्य तथा अनुशासन बिभाग सदस्य लाल बहादुर दर्लामी मगर अन्य अतिथी हरुमा गण्डकी प्रदेश ऐतिहासिक प्रथम अधिबेशन संयोजक नवीन गुरुङ र अन्य उप समिती संयोजक हरु लगायत नगर वडा प्रतिनिधि हरुको उपस्थिति रहेकाे थियाे ।करिब ४०० जना सहभागी रहेकाे उक्त कार्यक्रमबाट आश बहादुर गुरुङ को संयोजकत्वमा १७ सदस्यीय वालिङ नगर १३ नं वडा गठन गरिएको छ। उक्त अवसर मा प्रमुख अथिती थम्मन बहादुर बुढामगरले सहभागीहरूलाइ प्रशिक्षण दिनुभएकाे थियाे । बिशिस्ट अतिथिले कार्यक्रममा अाफ्नाे मन्तब्य राख्दै मुलबासी मंगाेलहरू अब चेतनशिल भए एमएनअाे संगठनमा अाबद्द हुनुकाे कुनै बिकल्प नरहेकाे बताउनु भएको थियो । कार्यक्रम जिल्ला सभा सचिब राजु गुरुङ बाट संचालन स्वागत कोषाध्यक्ष नेम बहादुर गुरुङ अन्तमा सभा अध्यक्ष द्वुआरा समापन गरिएकाे थियाे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्