शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अबिनास राईको अध्यक्षतामा १४ सदस्यीय एमएनओ मिक्लाजुङ तदर्थ गाउँसभा गठन

Mongol Vision News | 3 अगस्ट 2019

अबिनास राईको अध्यक्षतामा १४ सदस्यीय एमएनओ मिक्लाजुङ तदर्थ गाउँसभा गठन

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको सक्रीयतामा मोरङको मिक्लाजुङ तदर्थ गाउँसभा गठन भएको छ । 3 अगष्टका दिन अबिनास राईको सभाध्यक्षतामा एकदिने मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण कार्यक्रमको बीच अबिनास राईको अध्यक्षतामा १४ सदस्यीय मिक्लाजुङ तदर्थ गाउँसभा गठन भएको हो । जसको सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमश: लालबहादुर मगर, कल्पना थापा मगर र शुक्र मादेन छन् भने सदस्यहरुमा सुमन लिम्बू, सागर लिङदेन, वीरबहादुर मस्कोटी, नगेन्द्र लिङदेन, तिलक राई, कुमारी थापा मगर, सर्मिला थापा मगर र ममता मगर रहेका छन् । त्यस्तै सल्लाहकार सदस्यमा पन्चमान लिङदेन जसबहादुर मादेन छन् । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तावा रहनु भएको थियो ।

अबिनास राईको अध्यक्षतामा १४ सदस्यीय एमएनओ मिक्लाजुङ तदर्थ गाउँसभा गठन

उक्त कार्यक्रममा प्रमुख अतिथि फोम्बोले मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण प्रदान गर्नु भयो । साथै नवगठित पदाधिकारीहरुलाई आफ्नो सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुँदै प्रमुख अतिथी फोम्बोले पद तथा गोपनियताको समेत सपथ ग्रहण गराउनु भएको थियो । मिक्लाजुङ गाउँसभाका मंगोलप्रेमी महानुभावहरुको उल्लेखनिय उपस्थिति रहेको उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभा सदस्य आसबहादुर राइको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा लालबहादुर मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने बिकेन बान्तावाले कार्यक्रम सन्चाल गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्