Anita Thapa Mongol | 31 अगस्ट 2019
मिति 31August , 2019 मा मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको आयोजनामा व्यास नगरपालिका-४स्थित तमु समाज सुधार भवन दमौलीमा जिल्ला अध्यक्ष प्रेम थापा मगरको सभाधक्ष्यतामा र केन्द्रिय सदस्य तथा आर्थिक विभागका सदस्य सोम गुरुङज्युको प्रमुख आतिथ्यतामा एकदिने मुलवासी मंगोल सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा केन्द्रिय सदस्य प्रबिना थापा मगर हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा गण्डकी प्रदेशका सचिव देव थापा मगर , प्रचारप्रसार सचिव अनिता थापा मगर , सदस्य भक्त गुरुङ , घिरिङ गाउँ सभाका अध्यक्ष भिम थापा मगर, आबुखैरेनी गाउ सभाका अध्यक्ष कुमार काजी तमु हुनुहुन्थ्यो । सम्पुर्ण अतिथिज्युहरुले गहकिलो मन्तब्य प्रस्तुत गर्नु भएको थियो। आबुखैरेनीका अध्यक्षज्युले आफ्नो गाउँ सभाका सम्पुर्ण छिट्टै सम्पुर्ण वडाहरु गठन गर्ने प्रतिबद्धता गर्नु भयो भने घिरिङ गाउँ सभाका अध्यक्षज्युले मुलवासी मंगोलहरु एकजुट भइ मंगोल मुक्तिको लागि लागिपर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै गण्डकी सचिव थापाले भने हिजोका पू्र्खाहरुले त्याग , बलिदान र तपस्या गर्न चुकेकै कारण आज हाम्रो यस्तो दयनीय हाल्त भएको हुँदा अबको एक पुस्ताको त्याग , तपस्या र बलिदान MNO मा रहेको कुरालाइ जोड्नुभयो । यसै गरि विशिस्ट अतिथिज्युले भने केहि हदसम्म जनजाति र मंगोल बिचको भिन्नता देखाइ हिजोको सत्य इतिहासलाइ पल्टाएर अब बैचारिक लडि ८०% अहिन्दु मुलवासी मंगोलको अस्तित्व सुनिश्चित गर्नुपर्छ भन्ने बारेमा उहाँले मन्तव्य दिनुभयो।यसै गरि कार्यक्रमका प्रमुख अतिथिज्युद्वारा नेपालको असली ईतिहास खोतल्दै मुलवासी मंगोल र आदिवासी जनजातिको परिभाषा प्रस्ट्याउदै मंगोल रास्ट्रबाद सम्बन्धि प्रशिक्षण दिनुभयो।
कार्यक्रमको संचालन जिल्ला सचिव शुश्मा आलेले गर्नु भएको थियो र स्वागत मन्तब्य भनी जिल्ला सदस्य ऋषिराम थापा मगरज्युले गर्नुभएको थियो । यसै कार्यक्रमको अबसरमा मंगोल रिसर्च सेन्टरका लागि घोषणा गर्नु भएको रकम प्रमुख अतिथि आर्थिक विभागका सदस्य सोमबहादुर गुरुङज्युलाइ गण्डकी प्रदेश सभाका सदस्य भक्त गुरुङ्ज्युले रु५१,१११/- , प्रेम थापा मगर ,तनहुँ जिल्ला अध्यक्ष प्रेम थापा मगरज्युलेरु १०,०००/- र एकजना जिल्ला सद्स्यज्युलेरु ५,१५५/- हस्तान्तरण गर्नु भएको थियो । सम्पुर्णलाई एतिहासिक कामको लाफी सहयोग गर्नु भएकोमा धन्यबाद तथा बधाइ । यसरी देशै भरिबाट साथै प्रबासमा हुनुहुने महान व्यक्तित्वहरुबाट सहयोग जुटिरहेको छ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology