मङ्गलबार 11 अगस्ट 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

देशव्यापी रूपमा MNO ले मनायो ३२ औँ विश्व मूलबासी दिवस: मंगोलको हातमा चाडै राज्यसत्ता आउने दाबी ।

Mongol Vision | 10 अगस्ट 2026

देशव्यापी रूपमा MNO ले मनायो ३२ औँ विश्व मूलबासी दिवस: मंगोलको हातमा चाडै राज्यसत्ता आउने दाबी ।

देशव्यापी रूपमा MNO ले मनायो ३२ औँ विश्व मूलबासी दिवस: मंगोलको हातमा चाडै राज्यसत्ता आउने दाबी ।

 

मंगोल नेसनल अर्गनाइजेशनले देशैभरि विभिन्न भव्य जिल्लाहरुमा राजनैतिक संगै सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरी 'विश्व मूलबासी दिवस' मनाएको छ। नेपालका कुना-काप्चामा रहेका मंगोल समुदायलाई जागरूक बनाउने उद्देश्यका साथ देशका विभिन्न जिल्लाहरूमा र्‍याली, र सांस्कृतिक प्रस्तुतिसहित यो दिवस सम्पन्न भएको हो।

 

संगठनका केन्द्रिय कार्यकारिणी सभाका शीर्षस्थ नेतृत्वहरु : प्रेसिडेन्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यतामा इलाममा, दाङमा मूलसचिव सन्तोष तामाङ, तनहुँमा सचिव मणि पापो लिम्बू,झापामा सहसचिव सान मेचे, मकवानपुरमा प्रवक्ता रिन्छेन तामाङ र मोरङमा प्रचारप्रसार सचिव श्याम लिम्बूको प्रमुख आतिथ्यतामा कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन् ।

अन्य जिल्लाहरुमा एमएनओका केन्द्रिय तहका नेताहरुको नेतृत्वमा देश्व्यापी रुपमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

'आदिवासी जनजाति' शब्दमाथि घोर आपत्ति र राज्यलाई चुनौती !विभिन्न जिल्लामा आयोजित सभाहरूलाई सम्बोधन गर्दै एमएनओका वक्ताहरूले नेपालको वर्तमान राज्यसत्ता र संविधानले यहाँका मूलबासी मंगोलहरूलाई 'आदिवासी जनजाति' को भ्रमपूर्ण विम्बभित्र कैद गरेर गम्भीर संवैधानिक विभेद गरेको आरोप लगाए।

 

संगठनले राज्यलाई 'आदिवासी जनजाति' सम्बन्धी सम्पूर्ण सरकारी एवं गैरसरकारी गतिविधिहरू तत्काल रोक्न कडा चुनौती दिएको छ। उनीहरूका अनुसार यो शब्द नेपालका ८० प्रतिशत मूलबासी मंगोलहरूलाई वास्तविक अस्तित्व र अधिकारबाट बञ्चित गराउन रचिएको षड्यन्त्र हो। त्यसैले राज्यले यस्ता विभेदकारी नीति र गतिविधिहरू तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

 

देशव्यापी रूपमा MNO ले मनायो ३२ औँ विश्व मूलबासी दिवस: मंगोलको हातमा चाडै राज्यसत्ता आउने दाबी ।

एमएनओ प्रेसिडेन्ट मेचेको सन्देश: "चाँडै मूलबासी मंगोलको हातमा राज्यसत्ता"  

 

विश्व मूलबासी दिवसको अवसरमा संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचेले नेपालका सम्पूर्ण मूलबासी मंगोलको नाममा सम्बोधन गर्दै एक विशेष राजनीतिक सन्देश जारी गर्नुभएको छ। आफ्नो सन्देशमा प्रेसिडेन्ट मेचेले युगौँदेखि उत्पीडनमा पारिएका मूलबासी मंगोलहरूको मुक्ति अब धेरै टाढा नरहेको उल्लेख गर्नुभयो।  

 

 

 

उहाँले भन्नुभयो, "अब चाँडै नै नेपालको राज्यसत्ता मूलबासी मंगोलहरूको हातमा आउने निश्चित छ। यो ऐतिहासिक परिवर्तनका लागि देशैभरिका सम्पूर्ण कार्यकर्ता, समर्थक र आम मूलबासी मंगोल समुदायले आफ्नो निष्क्रियता त्यागेर पूर्ण सक्रियताका साथ अगाडि बढ्नुपर्छ।"

 

 

देशव्यापी रूपमा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको यस दिवसले संगठनको भावी आन्दोलन र राजनीतिक दिशाका लागि कार्यकर्ताहरूमा नयाँ ऊर्जा थपेको दाबी एमएनओले गरेको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्