बिहिबार 6 अगस्ट 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

MNO ले देशव्यापी रूपमा नेता–कार्यकर्ता भेटघाट तथा मूलवासी मंगोल जागरण अभियान सुरु गरेको छ।

Mongol Vision | 5 अगस्ट 2026

MNO ले देशव्यापी रूपमा नेता–कार्यकर्ता भेटघाट तथा मूलवासी मंगोल जागरण अभियान सुरु गरेको छ।

 

काठमाडौं, साउन।

मंगोल नेशनल अर्गनाइजेशन (MNO) ले देशव्यापी रूपमा नेता–कार्यकर्ता भेटघाट, मंगोलवाद प्रशिक्षण तथा मूलवासी मंगोल जागरण अभियान सुरु गरेको छ। संगठनका अनुसार अभियानको उद्देश्य संगठन विस्तार, कार्यकर्तालाई वैचारिक प्रशिक्षण प्रदान गर्ने, स्थानीय तहसम्म जनसम्पर्क सुदृढ गर्ने तथा आगामी राजनीतिक रणनीतिबारे छलफलकोे विषयमा केन्द्रित रहेको छ।

गत साउन महिनादेखि दाङ, रुपन्देही, स्याङ्जा, नवलपरासी लगायत विभिन्न जिल्लामा जिल्ला सभाहरूको आयोजनामा कार्यक्रमहरू सञ्चालन भएका छन्। कार्यक्रममा संगठनका केन्द्रीय सहसचिव सान मेचे प्रमुख अतिथि तथा केन्द्रीय प्रवक्ता रिन्छेन तामाङ, केन्द्रीय सर्वोच्च सभा सदस्य एवं केन्द्रीय कार्यालय सचिव चन्द्र बान्तवा विशेष अतिथिका रूपमा सहभागी भई संगठनात्मक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको मूलवासी समुदायको अधिकार,अस्तित्वका विषयमा आफ्नो धारणा राख्दै संगठन सुदृढीकरण, जनचेतना अभिवृद्धि र राजनीतिक सहभागिता बढाउन आवश्यक रहेको बताएका छन्। साथै, देशका विभिन्न जिल्लामा अभियानलाई अझ प्रभावकारी रूपमा विस्तार गरिने जानकारी दिइएको छ।

कार्यक्रमका क्रममा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, विश्व राजनीतिमा भइरहेको परिवर्तन तथा चीनको बढ्दो अन्तर्राष्ट्रिय प्रभावबारे पनि धारणा संगठनका प्रवक्ता रिन्छेन तामाङ द्वारा व्यक्त गरिएको छ। त्यस्तै, संगठनले आफ्नो राजनीतिक दृष्टिकोणअनुसार One China Principle लाई समर्थन गरेको विषय र त्यसले नेपाली राजनीतिक बहसमा प्रभाव पारेको दाबी पनि कार्यक्रममा गरिएको जनाइएको छ।

संगठनका नेताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई जनसम्पर्क विस्तार, संगठन सुदृढीकरण तथा वैचारिक प्रशिक्षणमा सक्रिय हुन आग्रह गरेका छन्। 

 

कार्यक्रमको उद्देश्य अनुसार देशव्यापी रूपमा सञ्चालन गरिएको यो अभियान आगामी दिनमा थप जिल्लाहरुमा पनि निरन्तर जारी रहनेछ।

MNO ले देशव्यापी रूपमा नेता–कार्यकर्ता भेटघाट तथा मूलवासी मंगोल जागरण अभियान सुरु गरेको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्