शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऎतिहासिक १४ औ झापा जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न केर्खा बजारमा मंगोलको शक्ति प्रदशन

mongolvision | 19 डिसेम्बर 2021

ऎतिहासिक १४ औ झापा जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न केर्खा बजारमा मंगोलको शक्ति प्रदशन


झापा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभाले आफनो ऎतिहासिक  १४ औं जिल्ला अधिबेशनको खुल्ला घोषणा सभा भब्य रुपमा सम्पन्न गरेको छ ।
  पौष ३ गते शनिबार झापाको कमल गाउँ पालिका ३ केर्खा बजार स्थित केर्खा खेल मैदानमा हजारौंको संख्यामा मंगोल जनसमुदायको उपस्थितमा ऎतिहासिक १४ औं जिल्ला अधिबेशन सम्पन्न भएको हो । १४ औं जिल्ला अधिबेशन मुल आयोजक सभाका संयोजक लासिमहाङ लिम्बुको अध्यक्षता तथा संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको खुल्ला सभाको विशेष अतिथिमा केन्द्रीय सचिब सन्तोष तामाङ रहनु भएको थियो भने बिशिस्ट अतिथिमा केन्द्रीय प्रवक्ता दिलिप धिमाल  र केन्द्रीय प्रचार सचिब मणि पापो रहनु भएको थियो । त्यस्तै अतिथीहरुमा वरिष्ठ केन्द्रीय सदस्यदय शान्ति लाल धिमाल , दिलिप याङ्मा , केन्द्रीय अनुशासन संयोजक गणेश राई , केन्द्रीय सदस्यहरु राज कुमार गुरुङ , टोमराज लिम्बू , श्याम लिम्बू , सान बा मेचे , अकल तामाङ , मंगलसिह लिम्बू , मेलिना तामाङ , बगलमान राई , दिलवरि राई ,  चन्द्र राई , सुरज फम्बो , गङा  चोङ्बाङ , बैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र राई , केन्द्रीय सल्लाहकारदय पदम नेम्बाङ  , दिल बा लिङ्खिम , १ न प्रान्तीय सभा अध्यक्ष भास्कर राई , सचिब सागर राई , सदस्यहरु देब नारायण धिमाल , रुद्र राई , दिनेश राई , अनिल राई ,खड्क  स्याबो शिव कुमार राई  ,मोरङ जिल्ला  अध्यक्ष बिकन बान्तवा , सुन्सरी अध्यक्ष शान्ता राई , प्रबास सभा युकेका प्रतिनिधि टक गुरुङ , प्रबास सभा भारतका कोषाध्यक्ष दिपेन्द्र राई  लगायत रहनु भएको थियो । त्यस्तै कतार प्रबास सभा कतार , भोजपुर , धनकुटा ,तेह्रथुम , इलाम का प्रतिनिधिहरु अतिथिमा रुपमा रहनु भएको थियो ।
खुल्ला सभा कार्यक्रम सुरु हुनु अधि हजारौं को संख्यामा रहेका  मंगोल जन समुदायहरुको उपस्थितिमा कार्यक्रम स्थलबाट र्याली पनि गरिएको थियो  । लोकतन्त्र हाम्रो प्राण हो , धर्म निरपेक्ष हाम्रो मुटु हो , प्रान्तीयता हाम्रो अंङ्ग हो , लोकतन्त्र बिरोधी होसियार , , मानव अधिकार लागू गर , हामी मंगोल हिन्दु होइनौं , जात जाती भन्दैनौ , हिन्दु चाड मान्दैनौ , आदिबासि जनजाती बाहुन छेत्री हुन , संबिधानमा मुलबासी मंगोल लेख , एम एनओ जिन्दावाद , ड गोपाल गुरुङ अमर रहुन ,ऎतिहासिक १४ औं झापा जिल्ला  अधिबेशन सफल पारौ जस्ता नारा लगाउदै केर्खा बजार  परिक्रमा गरेर उक्त र्याली पुनः  कार्यक्रम स्थल आएको थियो ।
खुल्ला सभालाइ सम्बोधन गर्नुहुँदै केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेले मुलुक मंगोलमय बन्ने संकेत देख्न थालिसकेको बताउनु भयो । बाहुन छेत्रीले चाहे पनि नचाहे पनि अब देश मंगोलमय बन्छ , अहिले जुन  जनलहर देखिदैछ यसलाइ कसैले छेक्न सकदैन । त्यस्तै उहाले बाहुन छेत्रीहरु लोकतन्त्रमा पनि खुसी नभएको जिकिर गर्दै भन्नू भयो उनिहरु अब ओरालो  लागिसक्यो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विशेष अतिथी केन्द्रीय सचिब सन्तोष तामाङले एम एनओको लडाइ भनेको स्वाभिमान , अवस्थित्व ,मुक्तिको भएको बताउनु भयो । कार्यक्रममा केन्द्रीय अनुशासन सभा संयोजक गणेश राई , केन्द्रीय सदस्यहरु सान बा मेचे , श्याम लिम्बू , चन्द्र बान्तवा, १ न प्रान्तीय सभा अध्यक्ष भास्कर राई , सदस्य देब नारायण धिमाल , मोरङ जिल्ला अध्यक्ष बिकेन बान्तवा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रमकै अवसर पारेर एम एनओलाई स्थापना काल बाट सहयोग पुराउनु हुने महानुभाबहरु लाई सम्मान गरिएको थियो यसरी सम्मानहुनेहरुमा सरोज कुमारी धिमाल , लासी धिमाल ,सुनिता थाम्सुहाङ, शान्ति शेर्मा रहनु भएको छ । उहाहरु लाई प्रमुख अतिथिले सम्मान पत्र सहित  दोसल्ला  ओडाइ सम्मान गनु भएको थियो ।
खुल्ला सभा कार्यक्रममा विभिन्न मंगोल कलाकारहरुले गित, नृत्य  प्रस्तुत गरेका थिए । जिल्ला सदस्य अर्जुन लोवा लिम्बुले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम मुल आयोजक सभा सचिव बानिरा मेचेले संचालन गरेकी थिइन ।

ऎतिहासिक १४ औ झापा जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न केर्खा बजारमा मंगोलको शक्ति प्रदशन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्