शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऎतिहासिक प्रथम कमल गाउँ अधिबेशन भब्य रुपमा सम्पन्न

Mongol Vision | 28 नोभेम्बर 2021

ऎतिहासिक प्रथम कमल गाउँ अधिबेशन भब्य रुपमा सम्पन्न

झापा /  मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँ सभाको ऎतिहासिक गाउँ अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ ।
   झापाको कमल गाउँ पालिका ५ पाडाजुगी स्थित प्रेमबादी सामुदायिक भवनमा मंसिर ११ गते  सनिवार संगठनका केन्द्रीय सचिब सन्तोष तामाङको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा संगठनका केन्द्रीय प्रवक्ता एबम मंगोल भिजन राष्ट्रिय साप्ताहिकका सम्पादक दिलिप धिमाल र केन्द्रीय सर्बोच्च सभा सदस्य सान बहादुर मेचे रहनु भएको थियो भने अतिथीहरुमा केन्द्रीय सदस्य मंगलसिह लिम्बू , बैकल्पिक केन्द्रिय सदस्य देबेन्द्र राई ,  केन्द्रिय सल्लाहकारदय पदम लिम्बू ,दिल बहादुर लिङ्खिम  , १ न प्रान्तीय सभाका अध्यक्ष भास्कर चाम्लिङ , सदस्यहरु खडक स्याबो , राजेन्द्र चेम्जोङ ,  १४ औं झापा जिल्ला अधिबेशन मुल आयोजक सभा संयोजक लासिमहाङ लिम्बू , दमक नगर सभा अध्यक्ष दिपेश राई चुलाचुली गाउँ सभा अध्यक्ष चन्द्र केरुङ , मेची नगर अध्यक्ष सिनारा मेचे , भद्रपुर नगर अध्यक्ष  रावण मंगोल , बुद्ध शान्ति गाउँ अध्यक्ष मोहनसिह लिम्बु लगायत रहनु भएको थियो ।
ऎतिहासिक प्रथम गाउँ सभा कार्यक्रमको घोषणा सभा कार्यक्रम सुरु हुन अघि सयौंको संख्यामा उपस्थित मंगोल नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले कार्यक्रम स्थलबाट र्याली गरेको थियो । लोकतन्त्र हाम्रो प्राण हो , धर्म निरपेक्ष हाम्रो मुटु हो , प्रान्तीयता हाम्रो अंङ्ग हो , मानव अधिकार लागू गर , हामी मंगोल हिन्दु होइनौं , जात जाती भन्दैनौ , हिन्दु चाड मान्दैनौ , आदिबासि जनजाती बाहुन छेत्री हुन , संबिधानमा मुलबासी मंगोल लेख , एम एनओ जिन्दावाद , ड गोपाल गुरुङ अमर रहुन , ऎतिहासिक प्रथम कमल गाउँ अधिबेशन सफल पारौ जस्ता नारा लगाउदै पाडाजुङी बजार परिक्रमा गरेर उक्त र्याली पुन कार्यक्रम स्थल आएको थियो ।
खुल्ला घोषणा कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तामाङले सबै नेता कार्यकर्ताहरु लाई चुनाब केन्द्रित भएको काम गर्न निर्देशन दिनु भएको छ । अब हुने जुन सुकै तहको चुनावको तयारी आजै बाट थालनी गर्नु होस । त्यस्तै उहाले मंगोलको जित नजिक रहेकोले संगठनको काम लाई प्रमुख काम मानेर काम गर्नु पर्ने समय आएको बताउनु भयो ।खुल्ला सभा कार्यक्रममा बिशिस्ट अतिथीदय दिलिप धिमाल , सान बहादुर मेचे , १ न प्रान्तीय सभा अध्यक्ष भास्कर चाम्लिङ , १४ औं झापा जिल्ला अधिबेशन मुल आयोजक सभा संयोजक लासिमहाङ लिम्बू , मेचि नगर सभा अध्यक्ष सिनारा मेचे , बुद्धशान्ति गाउँ अध्यक्ष मोहनसिह लिम्बू , भद्रपुर नगर अध्यक्ष रावण मंगोल , दमक नगर!अध्यक्ष दिपेश राई र चुलाचुली गाउँ अध्यक्ष चन्द्र केरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा  मंगोल कलाकारहरुले विभिन्न गित नृत्य प्रस्तुत गरेका थिए । ऎतिहासिक प्रथम कमल गाउँ अधिबेशन मुला आयोजक सभाका संयोजक प्रेम बहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  मागेना राइले स्वागत मन्तव्य राख्नु भएको थियो भने बिजय लिम्बुले खुल्ला घोषण कार्यक्रम संचालन गरेका थिए ।
यसै बीच गाउँ अधिबेशनको बन्द सभाले हिजन राइको अध्यक्षतामा २६ सदस्य कमल गाउँ सभा सर्बसहमतीमा चयन भएको छ । जसको सचिब , कोषाध्यक्ष , सह सचिब र प्रचार सचिबमा क्रमश बिजय लिम्बू, शुक बहादुर लिम्बू,राम राई र रन्जन राई रहनु भएको छ भने सदस्यहरुमा जनक राज तामाङ ,भगिस्वर मगर,महेन्द्र कुमार राई,जमुना राई,सुम्निमा लिम्बू,मनमती राई,राज कुमार राई ,मित्रमाया राई, बिबेक तामाङ ,मिलन राई,टार्जन हेमरन ,अमृता राई ,चन्दा तामाङ ,पार्वता तामाङ ,संयोग राई ,सुनिता लिम्बू, चन्द्रकला राई , राज चाम्लिङ,रिङ्कु राई ,रमेश राइ र सरस्वता लिम्बू रहेका छन ।नव निर्बाचित गाउँ सभा पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय सचिब सन्तोष तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

ऎतिहासिक प्रथम कमल गाउँ अधिबेशन भब्य रुपमा सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्