सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऎतिहासिक दोस्रो अधिबेशनको तयारी पूरा

mongolvision | 6 मार्च 2022

ऎतिहासिक दोस्रो अधिबेशनको तयारी पूरा


मोरङ / मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको  ऎतिहासिक दोस्रो जिल्ला अधिबेशनको तयारी पूरा भएको अधिबेशन मुल आयोजक सभाका संयोजक बिकेन बान्तवाले बताउनु भयो ।
  मोरङको बेलबारीमा रहेको जिल्ला सभाको कार्यलय शनिबार  फागुन २१ गते तदनुसार माच ५ का दिन दोस्रो जिल्ला अधिबेशन मुलआयोजक सभाले आयोजना गरेको पत्रकार सम्बेलनमा संयोजक बान्तवाले यस्तो जानकारी दिनु भएको हो । ऎतिहासिक दोस्रो जिल्ला अधिबेशनको तयारी लगभक अन्तिम चरणमा पुगेको छ । गाउँ गाउमा साथीहरू अधिबेशनको प्रचार प्रसार गर्दै आर्थिक संकलन गरिरहनु भएको छ। देश तथा प्रबासहरु बाट पनि साथीहरूले आर्थिक सहयोग गरि रहनु भएको छ , उहाले भन्नू भयो । अनुमानित ८ लाख को बजेटमा गर्न लागिरहेको दोस्रो जिल्ला अधिबेशन कार्यक्रममा १० औं हजार मंगोल लोक समुदायहरु सहभागी हुने जानकारी  गराइएको छ । ऎतिहासिक दोस्रो जिल्ला अधिबेशन कार्यक्रममा अहिले सम्म कै धेरै मंगोल लोक समुदायहरु सहभागी हुनुहुने छ , त्यसका लागि विभिन्न स्थानीय सभाहरुले कार्यक्रममा उहाहरु लाई ल्याउने ब्यबस्थाको जिम्मा लिइसक्नु भएको छ , त्यस्तै संगठनका केन्द्रिय नेताहरु सगै प्रान्तीय सभाका नेताहरुले कार्यक्रममा सम्बोधन गर्नुहुने छ ।  संयोजक बान्तवाले थपमा भन्नू भयो ।
     मोरङको बेलबारी नगर पालिका ३ बेलबारी बजारको पेटोल पम्प पछडी फागुन ३० गते तदनुसार १४ मार्च सोमबार हुन गइरहेको ऎतिहासिक दोस्रो जिल्ला अधिबेशनको बन्द सत्र २९ फागुनमा स्थानीय तमु गुम्बामा हुनेछ । पत्रकार सम्बेलन कार्यक्रममा संगठनका केन्द्रिय सभाका पदाधिकारीहरु , १ न प्रान्तीय सभाका पदाधिकारी र दोस्रो जिल्ला अधिबेशन मुल आयोजक सभाका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्