शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऎतिहासिक दोस्रो कास्की जिल्ला अधिबेशन सम्पन्न

Mongol Vision News | 17 मार्च 2020

ऎतिहासिक दोस्रो कास्की जिल्ला अधिबेशन सम्पन्न

कास्की / मंगोल नेशनल अर्गनाइजेशन ऐतिहासिक दोस्रो कास्की जिल्ला अधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न भएको छ।

    14 मार्च 2020 ( चैत १ ) शनिबारको दिन कास्की जिल्ला सभाको दोस्रो अधिबेशन सम्पन्न भएको हो । बिहान ९ बजे न्यूरोड कार्यलयबाट वाईक र्‍याली सुरुवात गरि पोखराका बिभिन्न स्थान परिक्रमा गरि बिरौटा चोकमा आईपुगेर पैदल र्‍यालीमा सहभागी भएको थियोे। पोखराको बिरौटा चोक (तमु ह्युला चोक) बाट विभिन्न नारा लगाउदै सुरुवात गरिएको पदयात्रा र्‍याली छोरेपाटन कलाबङ घरेडीको मन्चमा पुगेर खुल्ला घोषणा सभामा परिणत भएको थियो। दोस्रो जिल्ला अधिवेशन अायोजक सभाका संयोजक रियाज गुरुङ ज्यु सभाध्यक्षतामा सुरुवात भएको कार्यक्रममा केन्द्रीय मुल सचिव थम्मन बहादुर बुढामगर ज्यु प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा केन्द्रीय सर्वोच्च सभा सदस्य कल्पना थापा मगर ज्यु रहनु भएको थियो । यसैगरि केन्द्रीय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्तािहक पत्रिकाका निर्देशक प्रेम छिरी शेर्पा 'दिक्पाल मंगोल', केन्द्रीय सदस्य अयुष वि.क., केन्द्रीय सदस्य गंगा खपाङ्गी, केन्द्रीय सदस्य प्रविना थापा मगर, गण्डकी प्रदेश सभा अध्यक्ष नर बहादुर गुरुङ 'नविन', गण्डकी प्रदेश सभाका पदाधिकारीहरु लगायत गण्डकी प्रदेश भित्रका विभिन्न जिल्ला सभा अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिमा रहनु भएको थियो।

     कार्यक्रम घोषणा सभालाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि केन्द्रीय मुल सचिव थम्मन बुढामगर ज्युले हिन्दु खस् अार्यसंग यस्तो अदृश्य शक्ति छ जुन अंग्रेजहरु भन्दा खतरा छ। अब मुलवासी मंगोलहरुले मंगोल भुमि,अस्तित्व,अधिकार लुटिएको अदृश्य शक्ति बुझ्नु पर्दछ भनि बताउदै नवनिर्वाचित जिल्ला सभा कास्कीका पधदिकरिहरुलाई सफल कार्यकाल को शुभकामना दिनुभयो। यसै गरि विशिष्ट अतिथि केन्द्रीय सर्वोच्च सभाका सदस्य कल्पना थापा मगर ज्युले मंगोल नारिहरु अाजको कार्यक्रममा धेरै मात्रामा सहभागी भएको देख्दा खुशि व्यक्त गर्नुहुदै अब मंगोल नारीहरु MNO मा संगठित भएर नारी पुरुष बराबर भइ मंगोल अस्तित्व र अधिकारका लागि सशक्त रुपमा अगाडि बढ्न अनुरोध गर्नु भएको छ । साथै काेराेना भन्दा पनि खतरनाक बाहुनबाद हिन्दुबाद भाईरसकाे एन्टिबयोतिक मंगाेलबाद हाे भन्नुभयो ।

ऎतिहासिक दोस्रो कास्की जिल्ला अधिबेशन सम्पन्न

उक्त कार्यक्रममा अथितिहरु प्रेम छिरि शेर्पा, अयुष वि.क., गंगा खपाङ्गी, प्रविना थापा मगर, नर बहादुर गुरुङ 'नविन' र जिल्ला सभाहरुको तर्फबाट स्याङ्जा जिल्ला अध्यक्ष रत्न बहादुर गुरुङ्ले नव निर्वाचित पदाधिकारीहरुलाई सफल कर्याकालको शुभकामना मन्तव्य रख्नु भएको भयो । ऐतिहासिक दोस्रो कास्की जिल्ला अधिवेशनको बन्द सत्र सभाले रियाज गुरुङ अध्यक्ष, सचिव प्रेम प्र गुरुङ, कोषाध्यक्ष सुर्ज बहादुर तामाङ, सह-सचिव संगिता गुरुङ, प्रचारप्रसार सचिव चित्र बहादुर राना मगर निर्बिरोध निर्वाचित हुनु भएका छन्। अधिबेशन आयोजक सभा सदस्य सुर्ज बहादुर तामाङले स्वागत मन्तब्य रख्नु भएको खुल्ला घोषणा सभा कार्यक्रमलाई अधिवेशन अयोजक सभाका सदस्य जीवन कुमार थापा मगरले सन्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्