आइतबार 7 जून 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऎतिहासिक दोस्रो मोरङ जिल्ला अधिवेशनको भब्य रुपमा सम्पन्न

mongolvision | 15 मार्च 2022

ऎतिहासिक दोस्रो  मोरङ जिल्ला अधिवेशनको भब्य रुपमा सम्पन्न

मोरङ / मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाले आफनो ऎतिहासिक दोस्रो जिल्ला अधिबेशनको खुल्ला घोषणा सभा भब्य रुपमा सम्पन्न गरेको छ ।
  फागुन ३० गते सोमबारको दिन मोरङको बेलबारीमा  हजारौं  मंगोल लोकसमुदायको उपस्थितमा ऎतिहासिक दोस्रो मोरङ जिल्ला अधिबेशन सम्पन्न भएको हो । दोस्रो अधिवेशन  मुल आयोजक सभाका संयोजक विकेन वान्तवाको सभाध्यक्षतामा एवं संगठनका केन्द्रीय सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको खुल्ला सभाको विशिष्ट अतिथिमा एम. एन. ओ.  प्रवक्ता दिलिप धिमाल रहनुभएको थियो भने विशेष अतिथिमा अतिथिमा केन्द्रिय सर्वोच्च सभा सदस्य तथा अनुशासन विभागका संयोजक गणेश चाम्लिङ र सर्वोच्च सभा सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिकका प्रवन्धक राज कुमार गुरुङ रहनु भएको थियो । त्यस्तै अतिथीहरुमा केन्द्रिय सदस्यहरु बगलमान राई, सुरज फोम्बो, गंगा  चोङबाङ, धनमाया राई, रेजिना श्रेष्ठ, बैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र साम्पाङ, ऐतिहासिक मंगोल गायक पृथी मुखिया, १ नं. प्रान्तीय सभा अध्यक्ष भास्कर राई, झापा जिल्ला अध्यक्ष बानिरा मेचे, भोजपुर जिल्ला अध्यक्ष विरेन राई, धनकुटा जिल्ला कोषाध्यक्ष निर्मला लिम्ब रहनु भएको थियो ।
खुल्ला सभा कार्यक्रम सुरु हुनु अधि हजारौं को संख्यामा रहेका  मंगोल लोकसमुदायहरुको उपस्थितिमा कार्यक्रम स्थलबाट र्याली गरिएको थियो । लोकतन्त्र हाम्रो प्राण हो , धर्म निरपेक्ष हाम्रो मुटु हो , प्रान्तीयता हाम्रो अंङ्ग हो , लोकतन्त्र बिरोधी होसियार , मानव अधिकार लागू गर , हामी मंगोल हिन्दु होइनौं , जात जाती भन्दैनौ , हिन्दु चाड मान्दैनौ , आदिबासि जनजाती बाहुन क्षेत्री हुन , संबिधानमा मुलबासी मंगोल लेख , एम. एन. ओ जिन्दावाद , ड. गोपाल गुरुङ अमर रहुन , ऎतिहासिक दोस्रो मोरङ जिल्ला  अधिबेशन सफल पारौ जस्ता नारा लगाउदै बेलबारी बजार परिक्रमा गरी उक्त र्याली पुनः  कार्यक्रम स्थल आएको थियो ।
खुल्ला सभालाइ सम्बोधन गर्नुहुँदै केन्द्रीय सचिव सन्तोष तामाङले मुलुक अब चांडै नै  मंगोलमय बन्ने संकेत देख्न थालिसकेको बताउनु भयो साथै मुलुकको दिगो विकास र समृद्धिको निमित्त एक मात्र विकल्प मंगोल नेशनल अर्गनाइजेशन रहेकोले सम्पूर्ण मूलबासी मंगोलहरुलाई एम. एन. ओ. मा आवद्ध हुन आव्हान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि दिलिप धिमालले आसन्न स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह नदिएर निर्वाचन आयोगले चुनावलाई अलोकतान्त्रिक बनाउन खोजेको भन्दै अविलम्ब एम. एन. ओ. को चुनाव चिन्ह भाले प्रदान गरिनुपर्ने बताउनुभयो ।  कार्यक्रममा केन्द्रीय अनुशासन सभा संयोजक गणेश राई, सर्वोच्च सभा सदस्य राज कुमार गुरुङ, केन्द्रीय सदस्य सुरज फोम्बो,  १ नं. प्रान्तीय सभा अध्यक्ष भाष्कर चाम्लिङ, झापा जिल्ला अध्यक्ष बानिरा मेचे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
फागुन २९ गतेका दिन सम्पन्न बन्द सत्रबाट धनराज लिम्बूको अध्यक्षतामा २४ सदस्यीय मोरङ जिल्ला सभा गठन भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः अविनाश राई, डम्बर तामाङ, मनिष इङनाम रहनुभएको छ भने सदस्यहरूमा कुमार मगर, विजय धिमाल, वविता धिमाल, घिम लिम्बू, गंगा सुन्दास, सुमन लिङ्देन, रविन्द्र श्रेष्ठ, गोल्छा नाछिरिङ, कृष्ण दर्लामी, टेक बहादुर मगर, विक्रम फेम्बु, भक्त थेगिम, मचिन्द्र राई, नारायन विशंखे, शर्मिला लिम्बू, धन बहादुर तामाङ, सिर्जना घले, सानि राई, भावना राई र सल्लाहकारमा बल बहादुर राई रहनुभएको छ । 

खुल्ला सभा कार्यक्रममा विभिन्न मंगोल कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने ऐतिहासिक मंगोल गायक पृथी मुखियाले स्वागत गीत गाउनुभएको थियो । जिल्ला नारायन विशंखेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम मुल आयोजक सभा सचिव धनराज लिम्बूले  संचालन गरेका थिए  ।

ऎतिहासिक दोस्रो  मोरङ जिल्ला अधिवेशनको भब्य रुपमा सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्