बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अग्नि परिक्षाको रुपमा एम.एन.ओ लाई हेर्नुहोस ~ तामाङ

Mongol Vision News | 1 जून 2019

अग्नि परिक्षाको रुपमा एम.एन.ओ लाई हेर्नुहोस ~ तामाङ

धादिङ/ मंगोल नेशनल अर्गनाइजेशन धुनिबेशी नगरपालिका 3 नम्बर वडा सभा गठन भएको छ ।

     अहिन्दु मुलबासी मंगोल हरुको आवाज विभेद रहित समाज अहिन्दु मुलबासी मंगोल हरुको एकता देश विकास रोजगार र शान्तिको आवश्यकता मुलबासी मंगोल हरुको सरकार बनाउनु पर्ने प्रतिबद्दता सहित धादिङ जिल्लाको धुनिबेशी नगरपालिका अन्तर्गत 3 नम्बर वडा सभा सुनिल तामाङको अध्यक्षता 15 सदस्यीय वडा सभा गठन भएको छ । संगठनका केन्द्रिय सभा सदस्य तथा केन्द्रिय सचिवालय सचिव रिन्चेन दोर्जे तामाङको प्रमुख आतित्यथा मा सम्पन्न कार्यक्रम मा संगठनका केन्द्रीय सभाका सदस्य द्वय रतन बहादुर बुढा मगर, धनमाया तामाङ , गोरखा जिल्ला सभा सदस्य तिम्बा घ्याल्जेन को उपस्तिथि रहेको कार्यक्रम मा स्थानीयबासी मंगोल हरुको उल्लेख उपस्थिती रहेको थियो । कार्यक्रम सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथी तामाङ ले एकाइशौ सताब्दि युग सापेक्ष परिबर्तन दिन सक्ने संगठन केवल मंगोल नेशनल अर्गनाइजेशन मात्र भएको प्रस्टाउदै अब अग्नि परिक्षाको रुपमा एम.एन.ओ लाई हेर्नू पर्ने कुरालाइ जोड दिनु भएको छ ।

          कार्यक्रम मा संगठनका केन्द्रिय सदस्य तथा आर्थिक बिभाग का सदस्य धनमाया तामाङ ज्युले मंगोल दर्शन र मानव आतित्वको विषयमा प्रकाश पार्नु भएको थियो । नवगठित वडा सभा का पदाधिकारी हरु क्रमश अध्यक्ष सुनिल तामाङ, सचिव भरत तामाङ, कोषाध्यक्ष सबिना तामाङ, सहसचिव दिनेश तामाङ लगायत सदस्य हरु बिष्णु तामाङ,राजेश तामाङ, लक्ष्मी तामाङ, निरमाया तामाङ, सुमित्रा तामाङ, निशा डङ्गोल, राजु तामाङ,प्रदित तामाङ, सीता तामाङ, सन्त तामाङ र दिलमान श्रेष्ठ रहनु भएको छ । कार्यक्रम निर्वाचित वडा सभा अध्यक्ष सुनिल तामाङको अध्यक्षता मा सम्पन्न भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्