बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऐतिहासिक जिल्ला इलाममा कालो दशै बहिष्कार

Mongol Vision News | 9 अक्टोबर 2019

ऐतिहासिक जिल्ला इलाममा कालो दशै बहिष्कार

इलाम / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा इलामले पनि विभिन्न स्थानमा कार्यक्रम गरि कालो दशै बहिष्कार गरेका छन । यस देशका अहिन्दु मुलवासी मंगोलहरुको पतनको दिन विदेशी खसआर्य हिन्दु बाहुनक्षेत्रीहरुको विजय शुरूवात भएको दिन कथित विजय दशै अहिन्दु मुलवासी मंगोलहरुको निम्ति कालो दिन थियोे । यसर्थ जव यो मंगोल भुमिमा समस्त अहिन्दु मुलवासी मंगोलसमुदायको निम्ति राजनैतिक चेतनाको ज्योति बनेर युगपुरुष अमर डा गोपाल गुरुङ ज्युको जन्म भयो । तव वहाँको पवित्र मंगोल दर्शन गाउँ- बस्ती कुना- कन्दरामा फैलिन थाल्यो । अहिले जहाँ डा गोपाल गुरुङज्युले प्राणको बाजी थापेर भद्रगोल जेलभित्र खोल्नु भएको संगठन मंगोल नेशनल अर्गनाइजेशन पुगेको छ । त्यहाँ हाम्रो मंगोल पुर्खाको टाउको छिनाली विजय उत्सव मनाउदै आएको दिन कथित कालो दशै (हिन्दुआर्यको विजय उसत्व ) शसक्त रूपमा बहिष्कार गर्दै आएका छन् । सुर्योदय नगरपालिका फिक्कलमा एक र्याली गरि दशै बहिष्कार गरेका छन । उक्त बहिष्कार कार्यक्रममा एमएनओ वरिष्ठ सदस्य दिलिप याङमाली राई बगलमान राई राजन चाम्लिङ राई जानुका राईको उपस्थिति थियो भने कालो दशै विरोधको बारेमा केन्द्रिय सदस्य राजन चाम्लिङ राइले प्रस्ट्याएका थिए । उक्त विरोध कार्यक्रमलाई जानुका राइले संचालन गरेकी थिइन् । यस्तै इलाम जिल्ला सन्दकपुर गाउँपालिका स्थित देउराली बजारमा पनि एक कार्यक्रम गरि दशै बहिष्कार गरेका छन् । केन्द्रीय आर्थिक बिभाग संयोजक धनप्रकाश खिम्दुङ्गको प्रमुख आतिथ्यता तथा केन्द्रिय अनुशासन बिभाग संयोजक गणेश चुम्लुङ्ग राइको विशेषआतिथ्यतामा एक कार्यक्रम गरि दशै बहिष्कार गरेका थिए । उक्त कार्यक्रममा अतिथी केन्द्रिय सदस्य देव माक्रेहाङ्ग राई ,लक्षुमन माक्रेहाङ्ग पनि उपस्थिति थियो भने कार्यक्रम प्रेम राइले संचालन गरेका थिए । यसैगरी इलाम जिल्ला देउमाई नगरसभाले पनि कालो दशै बहिष्कार गरेका छन् । देउमाई नगरपालिका सिद्दिथुम्का ६ मा पनि एक बिरोध कार्यक्रम गरि दशैबहिस्कार गरेका छन् । लाल बहादुर गोले तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी एमएनओ केन्द्रिय सदस्य प्रेम जिम्बा तामाङ , विशिस्ट अतिथी इलाम जिल्ला अध्यक्ष प्रेम बम्जन तामाङ हुनुहुन्थ्यो भने कार्यक्रम गंग योन्जन तामाङले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्