शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऐतिहासिक जिल्ला इलाममा २५औं विश्व मुलवासी दिवस सम्पन्न

Mongol Vision News | 10 अगस्ट 2019

ऐतिहासिक जिल्ला इलाममा २५औं विश्व मुलवासी दिवस सम्पन्न

इलाम / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा इलामले बृहत र्यालिको साथ २५औं विश्व मुलवासी दिवस मनाएको छ। टुडिखेलबाट शुरु भएको र्याली लाकुरी चोकहुँदै इलाम जिल्लाको विभिन्न मुख्य चोक परिक्रमा गर्दै कार्यक्रम स्थल जिबिस हलमा पुगेको थियो।

      इलाम जिल्ला अध्यक्ष प्रेम बम्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय स-सचीव तथा आर्थिक विभाग संयोजक धन प्रकाश खिम्दुङ प्रमुख अतिथी रहनु भएको थियो । यस्तै विशिस्ट अतिथिहरुमा केन्द्रिय सभाका प्रचारप्रसार सचिव मणि पापो लिम्बु , वरिष्ठ केन्द्रिय सदस्य दिलिप याङ्गमाली राई , वरिष्ठ केन्द्रिय सदस्य तथा साँस्कृतिक सभा संयोजक सुर्य कुमार गुरुङ, केन्द्रिय सदस्य तथा अनुशासन बिभाग संयोजक गणेश चुम्लुङ राइ, केन्द्रिय सदस्यहरु बगलमान राइ, देव माक्रेहाङ, प्रेम जिम्बा तामाङ, सुनिता लिम्बु साथै १ नम्बर प्रदेश सचिव सागर राई, प्रदेश सदस्य रुद्र राईको पनि उपस्थिति रहेको थियो । ऐतिहासिक जिल्ला इलामको २५औं विश्व मुलवासी दिवसको कार्यक्रम चन्द्रमान राइ र विनिता लिम्बुले  संचालन गरेका थिए।

ऐतिहासिक जिल्ला इलाममा २५औं विश्व मुलवासी दिवस सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्