शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऐतिहासिक प्रथम गोरखा नगर अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न

Mahendra Thapa | 21 मार्च 2020

ऐतिहासिक प्रथम गोरखा नगर अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन गोरखा नगर सभाको प्रथम अधिवेशन सभ्य र भव्यताका साथ सफल भएको छ ।

    21 March मा गोरखा नगर अधिवेशन मुलआयोजक सभाका संयोजक दिनेश थापा मगरको सभाध्यक्षता र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभाका सदस्य अकल तामाङको प्रमुख आतिथ्यतामा गोरखा नगरपालिका वडा नम्बर १३ स्थित तिनकिलोमा उक्त नगर अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न भएको हो । खुल्ला घोषणा कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मंगोल नेशनल अर्गनाइजेसन केन्द्रीय सर्वोच्च सभाका सदस्य सान बहादुर मेचे हुनुहुन्थ्यो ।

    त्यस्तै अन्य अतिथिहरुमा एमएनओ केन्द्रीय सभाका सदस्यहरु सोम बहादुर गुरुङ, प्रबिना थापा मगर, एमएनओ गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगर , गोरखा जिल्लाको तेस्रो ऐतिहासिक जिल्ला अधिवेशन मुलआयोजक सभाका संयोजक गङ्गा राना मगर, कोषाध्यक्ष नेम बहादुर गुरुङ, स- सचिव मान बहादुर गुरुङ र सदस्यहरु शेर बहादुर गुरुङ, तेम्बा ग्याल्जेन , प्रसाद गुरुङ, एम.एन.ओ. पालुङटार नगरपालिका सभाका अध्यक्ष रेन्जेन लामा र एम.एन.ओ. आबुखैरेनी गाउँ सभाका सल्लाहकार याम बहादुर गुरुङ हुनुहुन्थ्यो । अधिवेशनको बन्दसत्रबाट दिनेश थापा मगरज्युको अध्यक्षतामा निर्विरोध रुपमा 11 सदस्यीय गोरखा नगर सभा मनोनयन भएको छ । सचीवमा प्रकाश थापा मगर, कोषाध्यक्षमा विशाल गुरुङ, स- सचिवमा विनय थापा मगर, प्रचारप्रसार सचिवमा सुमित गुरुङ हुनुहुन्छ भने अन्य सदस्यहरुमा विशाल थापा मगर, मीन माया लायो मगर , छुम्पी तुम्सिङ मगर , सुरज गुरुङ, रोशन नेपाली, लिलावति गुरुङ हुनुहुन्छ । नवनिर्वाचित गोरखा नगर सभाका पदाधिकारीहरुलाइ विशिष्ट अतिथि र प्रमुख अतिथिज्युले सम्पूर्ण पदाधिकारीहरु तथा सदस्यहरुलाइ शुभकामना प्रदान गर्नुभएको थियो । विशिष्ट अतिथि मेचेज्युले भन्नु भयो " नेपालको मुलवासि मंगोलको दुर्दशा १६१६ मा गोरखा लिगलिगकोटका घले राजाको टाउको गिडेको दिन हो।" गोरखा जिल्ला विदेशी शरणार्थी बाहुन छेत्रीको षड्यन्त्र पुर्वक ढंगबाट नेपालका मुलवासी मंगोलहरुको सर्वस्व खोस्न सुरुवात भएको जिल्ला हो भन्नू हुँदै मेचेले गोरखा एक ऐतिहासिक जिल्ला हो, त्यसकारण अब मंगोलको विजयको सुरुवात पनि यसै जिल्लाबाट गर्न अहोरात्र खट्नु पर्ने कुरा बताउनु भएको थियो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथी तामाङले लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तीयतालाइ संस्थागत गर्दै मुलवासी मंगोलको भावी सन्ततिलाई सुनौंलो भविष्यमा डोहोर्याउन विशेषगरि युवाहरूले तन, मन र धनले मंगोल रास्ट्रवादलाइ देशको कुना कन्दरामा पुर्याउन व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर त्याग तपस्या र समपर्ण गर्नु परे पनि पछि हट्न नहुने बताउनु भयो ।

ऐतिहासिक प्रथम गोरखा नगर अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न

युग पुरुष डा. गोपाल गुरुङ ज्युले यो देशका मुलवासी मंगोलको निम्ति गर्नु भएको त्याग , तपस्या र बलिदान हाम्रा लागि अत्यन्तै मुल्यवान रहेको कुरा बताउनु हुँदै, उहाँ प्रती सधैं श्रद्दा गरि मंगोल राष्ट्रवाद र मंगोल नेशनल अर्गनाइजेसनलाई जिवन्त राख्नुपर्ने कुरामा तामाङले जोडदिनु भयो । अधिवेशन खुल्ला सभाको कार्यक्रम एमएनओ जम्म गोरखा जिल्लाको तेस्रो ऐतिहासिक जिल्ला अधिवेशनका सचीव कृष्ण कुमारी घले श्रेष्ठज्युले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रेम बरामज्युले राख्नु भएको थियो । कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य प्रदान गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्