बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऐतिहासिक दोश्रो मेचिनगर नगर अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न

Lassim Hang Mongol | 17 डिसेम्बर 2018

ऐतिहासिक दोश्रो मेचिनगर नगर  अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगर सभाको ऐतिहासिक दोश्रो नगर अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न भएको छ ।
मंसिर २९ गते शनिबार झापाको धुलाबारी बजारमाा मंंगोल नेेेशनल अर्गनाइजेशन मेेेचिनगर नगर सभाका अध्ययक्ष सागर दर्जीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । संगठनका केन्द्रीय सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यता साथै संगठनका केन्द्रीय प्रवक्ता एवम् मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रीकाका सम्पादक दिलिप धिमालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा आतिथिहरूमा वरिष्ठ केन्द्रीय सदस्य शान्तिलाल धिमाल, केन्द्रीय सर्वोच्छ सभाका सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सान बहादुर मेचे, केन्द्रीय सदस्य श्याम लिम्बू,केन्द्रीय सदस्य एवम् मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रीकाका प्रबन्धक राज कुमार गुरुङ, अकल तामाङ, सत्यकला नेम्बाङ, दिलवरी राई, माया राई, केन्द्रीय सदस्य एवम् केन्द्रीय सांस्कृतिक सदस्य साथै मंगोल गायिका अरुणा थामी, वरिष्ठ केन्द्रीय सल्लाहकारहरू, धन बहादुर राई, पदम नेम्बाङ र दिल बहादुर लिङ्खिम, प्रदेश नं. १ सभाका अध्यक्ष, सचिव क्रमशः भाष्कर चाम्लिङ र सागर राई, झापा जिल्ला सभा अध्यक्ष रुद्र थुलुङ राई, मोरङ जिल्ला सभा कोषाध्यक्ष , भद्रपुर नगर सभा अध्यक्ष संजुहाङ मंगोल, शुन्दरहरैचा नगर सभा अध्यक्ष बल बहादुर राई, बेलबारी नगर सभा सचिव जुना घले थिए ।

ऐतिहासिक दोश्रो मेचिनगर नगर  अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न

लोकतन्त्र हाम्रो प्राण हो, धर्मनिरपेक्ष हाम्रो मुटु हो, प्रान्तीयता हाम्रो अंग हो, मानवअधिकार लागु गर, यो देश कसको ?  मंगोलको,  नारा सहित शान्तिपुर्ण र्याली कार्यक्रम स्थल हुदै धुलाबारी बजार परिक्रमा गरि उक्त खुला सभामा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथी सन्तोष तामाङले संगठनको पाँच क्रान्ति दिप प्रज्वलन गरी संगठनका संस्थापक युग पुरूष अमर डा.गोपाल गुरुङको तस्वीरमा खदा अर्पण गरी कार्यक्रमको समुदघाटन गर्नु भयो साथै युग पुरुष अमर डा.गोपाल गुरुङको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो । बन्दसत्रबाट निर्विरोध नवनिर्वाचित मेचिनगर नगर सभाका कोषाध्यक्ष सन्देश राईले स्वागत मन्तव्य संगै कार्यक्रम सुचारू भएको हो । कार्यक्रममा प्रमुख अतिथी संतोष तामाङले बन्दशत्रबाट निर्विरोध नवनिर्वाचित पदाधिकारीहरूलाई खादा लगाई आफ्नो सफल कार्यकालको शुभकामना प्रदान गर्नु भयो । बेलबारी नगर सचिव जुना घले, भद्रपुर नगर सभा अध्यक्ष संजुहाङ मंगोल, जिल्ला सभा झापाका अध्यक्ष रुद्र थुलुङ राई, प्रदेश नं.१ सभाका सचिव र अध्यक्ष सागर राई र भाष्कर चान्लिङ साथै केन्द्रीय सर्वोच्च सभाका सदस्य श्याम लिम्बू लगायतले आ-आफ्नो मन्तव्य राखे । यसैगरी मेचिनगर नगर सभाका कलाकारहरूले मंगोल गीतमा शुन्दर सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने केन्द्रीय सांस्कृतिक सभा सदस्य एवम् मंगोल गायिका अरुणा थामिले हामी त मंगोल हौ बोलको गीतको बोलमा शुन्दर गीत गाईन ।
मंगोल नेशनल अर्गनाइजेशन कुनै पनि हत्या हिंसा र साम्प्रदायिकताको प्रतिक नभएर समानता, भातृत्व, स्वतन्त्रता र मानवअधिकार सहित लोकतान्त्रिक संगठन भएको र देश विकास र समृद्धिको पक्षमा भएकोले मंगोल नेशनल अर्गनाइजेशनलाई जुन आरोप लगाईन्छ त्यो मुर्खता मात्र भएकोले गलत र संकुचित विचार भन्दा माथी उठेर सम्पुर्ण हिन्दू आर्यले सोच बदल्नु पर्ने कुरामा प्रमुख अतिथी सन्तोष तामाङले जोड् दिनु भयो । मंगोल मुक्तिको लागी सदैव लागी पर्ने साथै सांगठनिक जिम्मेवारी निडर, निर्भिक र इमान्दारीका साथ निर्वाह गर्ने अध्यक्ष सागर दर्जीले व्यक्त गरे भने कार्यक्रम जिल्ला सभा झापाका सचिव लासिम हाङ मंगोलले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्