शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अङ्ग्रेजी शब्द 'gold'भनेको सुन हो तर नेपालका मंगोलहरुलाइ फलाम भनेर झुक्याइएको छ

देव बहादुर थापा मगर | 10 अगस्ट 2020

अङ्ग्रेजी शब्द 'gold'भनेको सुन हो तर नेपालका मंगोलहरुलाइ फलाम भनेर झुक्याइएको छ

गोरखा/ आज 2020, 9th August आइतबारको दिनमा मंगोल नेशनल अर्गनाइजेसन ,गोरखा जिल्लाको तेस्रो एतिहासिक जिल्ला अधिवेशनको मुल आयोजक सभाको आयोजनामा २६ औं विश्व मुलवासी दिवसको अवसरमा आयोजित कार्यक्रम मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोरखाको कार्यलय ,गोरखा नगरपालिका, गोरखामा मंगोल नेशनल अर्गनाइजेसन ,गोरखा जिल्लाको तेस्रो एतिहासिक जिल्ला अधिवेशनको मुल आयोजक सभाका कोषाध्यक्ष नेम बहादुर गुरुङज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन , गण्डकी प्रदेश सभाका सल्लाहकार देव बहादुर थापा मगरज्युको प्रमुख आतिथ्यतामा सभ्य र भव्यरुपमा सम्पन्न भएको छ । त्यसै गरि अतिथिको रुपमा मंगोल नेशनल अर्गनाइजेसन ,गोरखा नगर सभाका अध्यक्ष दिनेश थापा मगर हुनुहुन्थ्यो । कार्यक्रममा पाल्नुभएका अतिथिहरुले अत्यन्तै समय सान्दर्भिक मन्तव्य दिनुभएको थियो । प्रमुख अतिथिज्युले "यो देशका ८०% अहिन्दु मुलवासी मंगोलहरुको हक , अधिकारको लागि लड्ने एकमात्र राजनैतिक दल भनेको मंगोल नेशनल अर्गनाइजेसन मात्र हो र नेपालमा मुलवासी मंगोल शब्द बुलन्द गराउदै मंगोल अस्तित्व र मुलवासीहरुको सुनौलो भविष्यका लागि जीवन नै समर्पण गर्ने महान व्यक्ती नेपालका प्रथम लोकतन्त्रवादी नेता ड.गोपाल गुरुङ हुन् ।नत्र भने नेपालका मुलवासी मंगोलहरुलाइ नेपालमा सन् 1495 मा जनै ,टोपि र धोतिमा भित्रिएका शरणार्थी आर्यन हिन्दु बाहुन क्षेत्रीहरुले 'gold'भनेको फलाम हो भनेर गलत अर्थ लगाएजस्तै मुलवासी मंगोलहरुलाइ अनेकौं नाम जस्तै कहिले किराँती , कहिले मतुवाली त कहिले आदिवासी जनजाति इत्यादिद्वारा परिचित गराए तर हामी मुलवासी मंगोलहरु हौं त्यसकारण आफ्नो अस्तित्वको लागि मंगोल नेशनल अर्गनाइजेसनलाई क्षमताअनुसारको त्याग , तपस्या र बलिदान दिनुपर्छ"भन्दै २६औं मुलवासी दिवसको शुभकामना दिदै मन्तव्य राख्नु भएको थियो।उक्त कार्यक्रममा स्वागत मन्तव्य तेस्रो एतिहासिक गोरखा जिल्लाको अधिवेशनको मुल आयोजक सभाका सचीव कृष्ण घले श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य सदस्य शेर बहादुर तामाङले दिनुभएको थियो।

अङ्ग्रेजी शब्द 'gold'भनेको सुन हो तर नेपालका मंगोलहरुलाइ फलाम भनेर झुक्याइएको छ

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्