mongolvision | 1 फेब्रुअरी 2022
अर्घाखाँची / मंगोल नेशनल अर्गनाइजेशन अर्घाखाँची जिल्ला सभाले एक दिने मंगोलवाद सम्बन्धि कार्यक्रम सितगंगा नगर पालिकामा सम्पन्न गरेको छ ।
सोमबार माघ १७ गते ३१ जनवारी का दिन सितगंगा नगर पालिका वाड न. ८ लापेमा संगठनका केन्द्रीय सदस्य केशु रास्कोटी मगरको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दोस्रो लुम्बिनी प्रान्तीय सभा अधिबेशन मुल आयोजक सभाका संयोजक दिपक थापा र प्रमुख अतिथि रास्कोटी मगरले संयुक्त रुपमा सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाहरुले मंगोलवाद र एम एनकोको बारेमा प्रष्ट पार्नु भयो । प्रशिक्षण कार्यक्रममा दोस्रो लुम्बिनी प्रान्तीय अधिबेशन सभाका सदस्य घनश्याम चौधरी ,जिल्ला सभा दाङका अध्यक्ष पृतम चौधरी , दाङ जिल्ला सभाका सल्लाहकार खडक बहादुर बुढा मगर लगायतले पनि संगठनको बारेमा मन्तव्य राख्नु भयो ।
अर्घाखाँची जिल्ला सभाका अध्यक्ष पुर्ण बहादुर थापा मगरको सभा अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रम युके प्रबास सभाका पुर्ब अध्यक्ष तथा जिल्ला सभा दाङका सल्लाहकार खड्क बहादुर बुढा मगरको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा दाेर्साे लुम्बिनी प्रान्तीय अधिबेशन सभाका काेषध्यक्ष नेत्र गुरुङ , सदस्य बिष्णु कुमार गुरुङ , बुद्धि बहादुर सारु मगर , जिल्ला सभा दाङका काेषध्यक्ष मन बहादुर पुन मगर सदस्य चन्द बहादुर गुरुङ खुम बहादुर गहाँ मगर , सल्लाहकार प्रेम बुढा मगर , राप्ती गाउँ सभाका अध्यक्ष शाेभराम बुढा मगर , गदवा गाउँ सभाका सचिव दाेर बहादुर बुढा मगर लगायतको उपस्थित रहेको थियो । कार्यक्रमकै अवसर पारेर खतलाल घर्ती मगरको अध्यक्षतामा १३ सदस्य तदर्थ सितगंगा गाउँ सभा गठन गरिएको छ । प्रेम बुढा मगर ले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम दाङ जिल्ला सभाका सह सचिब जितन पुनले संचालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology