सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अर्जुनधाराको सेतिपानी टोल सभा गठन

mongol vision | 24 मार्च 2021

अर्जुनधाराको सेतिपानी टोल सभा गठन

झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको सक्रीयतामा झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १० स्थित सेतिपानी टोल सभा गठन भएको छ ।

२४ मार्च २०२१ का दिन झापा जिल्ला अध्यक्ष लासिम हाङ मंगोलको सभाध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमले उक्त टोल सभा गठन गरेको हो । उक्त टोल सभाको अध्यक्षतामा सरिता तामाङ चयन भएको हुनुहुन्छ भने सचिवमा प्रेम तामाङ र कोषाध्यक्षमा सन्तोस तामाङ रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा प्रमिला तामाङ, देविमाया तामाङ, हरिमाया तामाङ, सागर तामाङ र राममाया तामाङ चयन भएका छन् । कार्यक्रममा संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य सान मेचेको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख अतिथि मेचेले उपस्थित भेलालाई सम्बोधन गर्नु हुँदै मानव उत्पत्ति लगायत नेपालको इतिहास र वर्तमान राजनितिबारे प्रष्ट पार्दै प्रशिक्षण प्रदान गर्नु भएको थियो । झापा जिल्ला प्रचारप्रसार सचिव भरत राईको स्वागत मन्तव्य संगै औपचारिक रुपमा सञ्चालन भएको कार्यक्रम जिल्ला सचिव बानिरा मेचेले सञ्चालन गरेकि थिइन् । झापा जिल्ला सदस्य केवि तामाङ (फुलमान तामाङ ) ले पनि आफ्नो मन्तव्य राखेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्