शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बागमती प्रान्तीय सभाको प्रथम अधिबेशन जनवरीमा हुने

mongolvision | 15 नोभेम्बर 2021

बागमती प्रान्तीय सभाको प्रथम अधिबेशन जनवरीमा हुने


काठमाडौ / मंगाेल नेसनल अर्गनाइजेसन बागमती प्रदेश  सभाको प्रथम ऐतिहासिक अधिवेशन १ जनवरी २०२२  मा हुने भएको छ।
   कात्तिक २९ गते  सोमबार   बसेको प्रदेश सभाको बैठकले बर्तमान प्रान्तीय सभा विघटन गरि  अधिवेशन मुलआयोजक  सभा  गठन गरेको  छ । संगठनको  बिधान अनुरुप प्रदेश सभा  गठन भएको ३ बर्ष  अवधी  पुगेपछि अधिवेशन  गर्नुपर्ने भएकोले  नियम  बमोजिम  उक्त  सभा  गठन  भएको  हो । बैठक बागमती  प्रदेश  सभाका  पुर्व अध्यक्ष लाक्पा तामाङ को  सभाध्यक्षता  तथा संगठनका  केन्द्रीय सर्बोच्च सभा  सदस्य  रिन्छेन तामाङको प्रमुख  आतिथ्यता  रहेको  थियो  भने  केन्द्रीय  सदस्य  धनमाया तामाङको  अतिथिको  रुपमा  उपस्थिति रहनु भएको   थियो । बैठकले  राजेन्द्र तामाङको सम्योजकत्वमा मुल आयोजक  सभा गठन  भएको  छ । बागमती प्रदेशको प्रथम  अधिवेशन  संगठनको ३३  औं  स्थापनाको दिवसको अवसर पारेर  धादिङमा  सम्पन्न  हुनेछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्