mongolvision | 3 जनवरी 2022
काठमाडौ / मंगोल नेशनल अर्गनाइजेसनको ऐतिहासिक ३३औं स्थापना दिवस तथा प्रथम बागमती प्रान्तीय अधिवेशन घोषणा सभा कार्यक्रम राजेन्द्र तामाङको सभाध्यक्षता र केन्द्रिय सचिब सन्तोष तामाङ प्रमुख आतिथ्यतामा धादिङको महादेवेशी बजारमा भव्यताको साथ सम्पन्न भएको छ।
उक्त सभालाई संबोधन गर्दै प्रमुख अतिथी तामाङले मंगोल नेशनल अर्गनाइजेसनको इतिहासलाइ उजागर गर्दै एम एन ओको आवश्यकता र महत्वबारे स्पष्ट पार्दै सम्पुर्णमा ३३ औं स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो।बिशेष अतिथी केन्द्रिय सर्वोच्च सभा सदस्य सान बहादुर मेचे त्यसैगरी अर्को विशेष अतिथी केन्द्रिय सर्वोच्च सभाकै सदस्य रिन्छेन तामाङ,अतिथिहरु केन्द्रिय सदस्यहरु भक्तबहादुर खपङ्गी प्रेममाया तामाङ,मेन लामा तितुङ,रुपेन श्रेष्ठ, धनमाया तामाङ,शान्त मगर १नम्बर प्रान्तीय सभाको अध्यक्ष भाष्कर चाम्लिङ,बागमती प्रदेशभित्रको जिल्ला चितवन,धादिङ,नुवाकोट,रसुवा,काभ्रे,सिन्धुपाल्चोक,सिन्धुली,रामेछाप ,ललितपुर र भोजपुर जिल्लाध्यक्षहरुको आतिथ्यता थियो भने कार्यक्रममा प्रथम अधिवेशन बाट राजेन्द्र तामाङको अध्यक्षतामा 22 सदस्यीय बागमती प्रान्तीय सभामा गठन भएको घोषणा भएको छ भने हिजो मुल अयोजक सभाले ड गोपाल गुरुङ ज्युको यात्रालाइ साथ दिने दोलखा चरिकोटबाट संविधान जलाउने जलान्धर पाख्रेन ज्युलाइ दोसल्ला ओढाएर सम्मान गरेको छ।कार्यक्रममा बागमती प्रदेश भित्रको विभिन्न जिल्लाहरुको मुलबासी मंगोलहरुको बाग्लो उपस्थिति थियो।कार्यक्रममा शालिक मगर ज्युले स्वागत मन्तव्य राखेर रसुवाको सहसचिव बिनोद थिङले संचालन गरेको थियो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology