आइतबार 28 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बागमती प्रदेशको विभिन्न जिल्लामा डक्टर गोपाल गुरुङ्गको ८५ औं जन्मोत्सव उल्लासमय

राजेन्द्र तामाङ | 28 जूलाई 2020

बागमती प्रदेशको विभिन्न जिल्लामा डक्टर गोपाल गुरुङ्गको ८५ औं जन्मोत्सव उल्लासमय

२७ जुलाई २०२० का दिन मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा रसुवाले संगठनका फ़ाउण्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङ्गको ८५ औं जन्म दिवश भब्य रुपमा सम्पन्न गरेको छ ।यसै गरि जिल्ला संयोजक बिकाश तामाङ्ग को सभाध्यक्षता संगठनका केन्द्रिय सदस्य मेन लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अतिथिहरु बागमती प्रदेश सभाका सदस्य द्दोय कर्मा तामाङ्ग र सुर्य तामाङ्ग रहनुभएको थियो।उलेख्य नेता कार्यकर्ताको बीच कार्यक्रम सम्पन्न भएको थियो। यसैगरी जिल्ला सभा दोलखाले चरिकोटको आफ्नो कार्यालयमा संगठनका बागमती प्रदेश सभाको कोषाध्यक्ष कुमार तामांगको प्रमुख आतिथ्यतामा जिल्ला सभाका नेता कार्यकर्ता माझ डाक्टर गोपाल गुरुङ्गको ८५ औं जन्म दिवश भब्य रुपमा मनाएको छ। जन्मोत्सव कै अवशरमा जिल्ला सभा सिन्धुपाल्चोकले जिल्ला सभा भित्रका पधाधिकारी को उपस्थितिमा युग पुरुष डाक्टर गोपाल गुरुङ्ग को ८५ औं जन्म दिवस मानाएर सार्थकता तुलाएका छन्। जिल्ला सभा काभ्रेको पनि रौनक उस्तै उल्लासमय थियो जिल्ला सभा काभ्रेका अध्यक्ष भरत तामाङ्ग को अगुवाइमा जिल्लाका कार्यकर्ता बीच डाक्टर गोपाल गुरुङ्ग को ८५ औं जन्मोत्सव स्मरणीय रह्यो। जिल्ला सभा चितवनले एक कर्यक्रम बीच जिल्ला संयोजक टेक तामाङ्ग एम.एन.ओ. बाग्मती प्रदेश सभाका सदस्यहरु प्रदिप गुरुङ र रुपा थापा मगरको समेत  सहित अन्य नेता कार्यकर्ता को उपस्थितिमा डाक्टर गोपाल गुरुङ को ८५ औं जन्मोत्सव मनाएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्