शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बागमती प्रदेशमा मंगोल नेसनल अर्गनाइजेसनको ३२ औं स्थापना दिवश सम्पन्न

Pradiksha Tamang | 2 जनवरी 2021

बागमती प्रदेशमा मंगोल नेसनल अर्गनाइजेसनको ३२ औं स्थापना दिवश सम्पन्न

काठमाण्डु/१ जनवरी २०२१ का दिन मंगोल नेशनल अर्गनाइजेसन बाग्मती प्रदेश सभाको आयोजना र जिल्ला सभा काठमाडौको सह-आयोजनामा ३२औं ऐतिहासिक स्थापना दिवस बौद्ध तिनचुली स्थित बुद्ध गर्डेन पार्टी प्यालेसको सभा हलमा बागमती प्रदेश सभाको अध्यक्ष लाक्पा तामाङको सभाध्यक्षता र संगठनको केन्द्रिय कोषाध्यक्ष आङ दावा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा विशेष अतिथिहरु केन्द्रिय सभाको सदस्य साङ ठिलेन शेर्पा,सर्वोच्च सभाको सदस्य रिन्छेन तामाङ ,अतिथिहरु केन्द्रिय सभाको सदस्यहरु टोप बहादुर गुरुङ,भक्त खपङ्गी,जोनि मंगोल विश्वकर्मा,प्रेम माया तामाङ,मेन लामा तितुङ,रूबेन श्रेष्ठ,धनमाया तामाङ र केन्द्रिय वैकल्पिक सदस्य प्रेम श्रेष्ठ साथै बागमतिको प्रदेश भित्रको जिल्ला अध्यक्षहरुको आतिथ्यता रहेको थियो।

बागमती प्रदेशमा मंगोल नेसनल अर्गनाइजेसनको ३२ औं स्थापना दिवश सम्पन्न

कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रमुख अतिथि ,बिसेश अतिथि र अन्य अतिथिहरूले संगठनको ३१ औँ बसन्तहरू पार हुंदै ३२ औँ बसन्तको आगमन सम्म आइ पुग्दा मूलबासी मंगोलहरूको अधिकारका कुराहरु सुवासिलो बन्दै आएको र छीट्टै सदन बाट आफ़्नो  माग मुद्दा सुनिश्चीत गर्ने कुरा जिकिर गर्दै मंगोल नेसनल अर्गनाइजेसनको स्थापना दिवस अनगिंती समय सम्म मनाईरहने प्रस्ट पार्नुभयो।कार्यक्रममा संगठनका नेता,कार्यकर्ता,सुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्