शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बाह्रदशी गाउँपालिकाको विभिन्न ठाउँमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

Mongol Vision News | 14 अक्टोबर 2020

बाह्रदशी गाउँपालिकाको विभिन्न ठाउँमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशनको मूल अभियान "गाउँ -गाउँ जाअौं, मूलवासी मंगोल जगाअौं, अस्तित्व बचाअौं" भन्ने मूल नारालाई अात्मसात गर्दै बाह्रदशी गाउँपालिका वडा नं.- २ को किराँत चौक र खाडीगाउँमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बाह्रदशी गाउँपालिकाको विभिन्न ठाउँमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

अाज दिनाङ्क 14 अक्टोबर 2020 तद्नुसार २०७७ असोज २८ गते बुधबारको दिन मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा झापा र चुलाचुली गाउँपालिकाको सक्रियतामा किराँत चौक र खाडीगाउँमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । किराँत चौकका स्थानीय काजीमान राईको सभाध्यक्षता र त्यस्तै खाडीगाउँमा स्थानीय कविर जङ्ग लिम्बूको सभाध्यक्षता रहेको थियो । साथै दुवै स्थानको कार्यक्रममा संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य सान बहादुर मेचे ज्यू प्रमुख अतिथि साथै मुख्य प्रशिक्षक रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा संगठनका केन्द्रीय सदस्य मेलिना तामाङ, अतिथिहरुमा संगठनका केन्द्रीय वैकल्पिक सदस्य देवेन्द्र सामपाङ र एमएनअो चुलाचुली गाउँपालिकाको अध्यक्ष चन्द्र केरुङ रहनु भएको थियो ।

किराँत चौक र खाडीगाउँका स्थानीय मूलवासी मंगोल समुदायको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि साथै मुख्य प्रशिक्षक सान बहादुर मेचे ज्यूले मंगोल राष्ट्रवादको विषयमा मानव उत्पति, मानव अस्तित्व, मूलवासी - अादिवासी, मंगोल - जनजाति, मतुवालीहरुको विषयमा बृहत रुपमा प्रष्ट पार्दै प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यस्तै अतिथि देवेन्द्र सामपाङ ज्यूले पनि अाफ्ना केही भनाइहरु राख्नु भएको थियो । उक्त कार्यक्रममा भद्रपुरनगर सभाका सदस्यहरु सनम तामाङ र अतीत लिम्बूको पनि उपस्थित रहेको भने उक्त कार्यक्रमलाई जिल्ला सचिव बानिरा मेचेले सञ्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्