बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बेलबारीमा मानव अस्तित्व विषयमा बृहत खुल्ला प्रशिक्षण सम्पन्न

Laasim Hang Mongol | 17 मार्च 2019

बेलबारीमा मानव अस्तित्व विषयमा बृहत खुल्ला प्रशिक्षण सम्पन्न

 मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको आयोजनामा चैत २ गते शनिवारका दिन मानव अस्तित्व लगायत राजनितीक विषयमा एकदिने बृहत खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाध्यक्ष बिकेन बान्तावा मंगोलको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा संगठनका मूलसचिव थम्मन बुढामगरको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बूको विशिष्ट आतिथ्यता साथै अतिथिहरुमा केन्द्रीय सदस्य रेजिना श्रेष्ठ, माया राई, बैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र साम्पाङ, एमएन प्रदेश नम्बर एक सभाका कोषाध्यक्ष पदमा तामाङ, प्रदेश नम्बर एक सभाका सदस्यहरु राजेन्द्र चेम्जोङ, शिवकुमार राई लगायत किरात यायोक्खाका नगर अध्यक्ष जितुमान राई, दलित एकता संजाल अन्तर्राष्ट्रिय संगठनका संयोजक पदमा नेपालि रहेका थिए । मोरङ जिल्ला सभाका सहअसचिव सिर्जना घलेको स्वागत मन्तव्य संगै औपचारिक रुपमा सन्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा किरात यायोक्खाका नगत अध्यक्ष जितुमान राईले आफ्नो धारणा व्यक्त गरेका थिए ।

बेलबारीमा मानव अस्तित्व विषयमा बृहत खुल्ला प्रशिक्षण सम्पन्न

         मंगोल नेशनल अर्गनाइजेशननै मंगोल मुक्तिको अबको अन्तिम बिकल्प रहेको र डा.गोपाल गुरुङले जुन संघर्ष र त्याग तपस्या गर्नुभयो त्यसको असर र फल पाउन थालिसकेको कुरा बताउनु भयो । त्यसैगरी प्रमुख अतिथी बुढामगरले उपस्थित लोकसमुदायहरुलाई मानव अस्तित्व लगायत नेपालको वास्तविक राजनितिक विषयमा प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षण प्रदान गर्ने क्रममा बुढामगरले एमएनओ मानव अस्तित्व, संगै समानता, भातृत्व स्वतन्त्रता र मानवअधिकारला लागि दृढ संकल्पका साथ अघि बढेकोले अब एमएनओलाई रोक्न सक्ने कुनैपनी शक्तो नरहेको बताउनु भयो । आजसम्म हामिलाई हाम्रो धर्म,संस्कार, संस्कृती भन्दै झुक्याउदै नेपालका शाषक बाहुन क्षेत्रीले आफ्नो हतियारका रुपमा हिन्दूधर्मलाई अघि सारे, वास्तवमा हिन्दू धर्म नभई, वाद भएकोले युग पुरुष अमर डा.गोपाल गुरुङले पहिलेनै भन्नू भएको छ "हिन्दू धर्म होईन हिन्दूवाद हो । उहाँले बताउनु भयो कि अब हामिले हिन्दूवाद भन्दा माथी उक्लिनु पर्छ । अनिमात्र हामी मानव भएर मानव जस्तै जिउन सक्नेछौं । आजसम्म नेपालमा भएको राजनितिक परिवर्तन वास्तविक परिवर्तन नभएर षड्यन्त्र थियो जसको विकल्पमा एमएनओ जन्मनु पर्यो । नेपालको उज्वल भविष्य र ८०% अहिन्दू मूलवासी मंगोल मुक्तिको अन्तिम विकल्प एमएनओ मात्रै रहेको कुरा बुढामगरले जोड दिनु भयो । त्यस्तै नेपालको वास्तविक रोग चिनेर नै युग पुरुष डा.गोपाल गुरुङ ज्युले मंगोल दर्शनको प्रतिपादन गर्नुभएकोले एमएनओलाई रोक्न जतिनै कम्मर कसेपनी त्यो खोलाको गीत हुनेछ र आजसम भएको त्यही छ । अब जो कसैले चाहेर या नचाहेरै पनि अन्तिममा नेपालको राजनितिक परिवेशमा केवल दुई पार्टी मात्रै रहने र मंगोल भर्सेस आर्य रहने कुरामा स्पष्ट पार्नु भयो । मोरङ जिल्लाको विभिन्न नगर, वडाका सदस्य लगायत मंगोल शुभचिन्तकहरुको पाँच सयको बाक्लो उपस्थिति रहेको अध्यक्ष बिकेन बान्तावाले जानकारी गराए भने कार्यक्रम मोरङ जिल्ला सभा सचिव डिबि लिम्बूले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्