Baneera Mongol Meche | 10 फेब्रुअरी 2019
मोरङ / मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको सक्रियतामा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
८ फेब्रुअरी शुक्रबारको दिन बेलबारीनगर वडा नं. -३ मैनावरीमा स्थानीय मंगोल प्रेमी चन्द्रकला राईको अध्यक्षता तथा संगठनका केन्द्रीय सदस्यद्वय सुरज लिम्बूको प्रमुख अातिथ्यता एवम् मोरङ जिल्ला अध्यक्ष विकेन बान्तावा राईको विशिष्ट अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथि फोम्बो र विशिष्ट अतिथि राईले संयुक्त रुपमा उपस्थित मूलवासी लोक समुदायहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक सुरज फोम्बोले उपस्थित भेलालाई मंगोलवाद र माअोवाद साथै अादिवासी, जनजाति र मूलवासीको विषयमा प्रष्ट पार्नु भएको थियो भने विशिष्ट अतिथि बिकेन बान्तावा राईले हाम्रो अाउने भावी सन्ततिहरुको जिम्मेवार हामी अाफैं बन्नुपर्छ । बाहुन शासकहरुले हामी ८०% अहिन्दु मूलवासी मंगोलहरुले अाउने भावी सन्ततिहरुको भविष्यलाई बेवास्ता गरेको खुलासा गर्दै प्रशिक्षण प्रदान गर्नुभएको थियो भने उक्त कार्यक्रमलाई कृष्ण दर्लामी मगरले सञ्चालन गरेका थिए ।
त्यस्तै ९फेब्रुअरी शनिवारका दिन माेरङ जिल्ला सभाकै सक्रियतामा मिक्लाजुङ गाउँपालिका वडा नं. -२ मा अजय राई अध्यक्षता र संगठनका केन्द्रीय सदस्य सुरज फाेम्बाेकाे प्रमुख अातिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्र भएकाे छ । त्यस्तै कार्यक्रमकाे अतिथिमा लाल बहादुर मगर रहनुभएकाे थियाे। कार्यक्रमका प्रमुख अतिथि साथै मुख्य प्रशिक्षक केन्द्रीय सदस्य सुरज फाेम्बाेले कार्यक्रममा उपस्थित महानुभावहरूलाई मंगाेलकाे विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो र हामी 80% अहिन्दु मूलवासी मंगाेलहरुको तकदीर (नसिब) आजको शताब्दीसम्म आइपुग्दा पनि आर्यहरूको हातमा रहेको प्रष्ट पार्नु भएको थियो। त्यस कारण हाम्रो आउने भावी सन्ततीहरुको भाग्य रेखा बाहुन छेत्रीहरुले नभएर अब हामी आफैँले काेर्नु पर्छ त्यसकाे निम्ति एकताको आवश्यकता रहेको प्रमुख अतिथि फाेम्बाेले बताउनु भएकाे थियाे । उक्त कार्यक्रमलाई लाल बहादुर मगरले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने कृष्ण दर्लामी मगरले सञ्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology