शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बुमताङमा प्रशिक्षण तथा वडा सभा गठन

Pradeeksha Tamang | 5 अप्रिल 2021

बुमताङमा प्रशिक्षण तथा वडा सभा गठन

नुवाकोट/ मंगोल नेशनल अर्गनाइजेशन म्यागङ गाउँपालिका सभाको आयोजनामा यसै गाउँपालिकाको वडा नम्बर 2 बुम्ताङमा एकदिने प्रशिक्षण साथै वडा सभा गठन भएको छ।

म्यागङ गाउँपालिकाको अध्यक्ष सन्त तामाङको सभाध्यक्षमा तथा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सदस्य कशिमा तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो । प्रमुख अतिथि तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको मुलवासी मंगोलहरु संगठनले अघि सारेको 5 वटा क्रान्तिहरुमा सरिक भएर अगाडि बढेको खण्डमा मात्रै देशमा आमुल परिवर्तन हुने बताउनु भयो । त्यसैगरी विशेष अतिथि बागमती प्रदेश सभाका सदस्य दिलमान तामाङले नेपालको विभिन्न कालखण्डमा आन्दोलन र विद्रोहको प्रतिफलहरु अल्पसंख्यक रहेको हिन्दु आर्यको आसेपासे र तिनीहरुको आफन्तहरुको हालीमुहाली बाहेक कुनै परिवर्तन नभएको बताउनु भयो । मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटको अध्यक्ष प्रदीक्षा तामाङले संगठनको विषयमा र संगठनको मुल उद्देश्य बारेमा प्रस्ट्याउनु भयो । अन्य अतिथिहरुले संगठनकै सेरोफेरोमा आफ्नो मन्तव्य राख्नुहुदै कर्म तामाङको अध्यक्षतामा 17 सदस्यीय वडा गठन गरियो । कार्यक्रम सञ्चालन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटका सचिब उमा तामाङले गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्