Mongol Vision News | 23 अप्रिल 2019
म्यादी जिल्लाको बेनी नगरपालिका वाड नं.३ भकिम्लीमा मंगोल राष्ट्रवाद विषयमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगोल नेशनल अर्गनाइजेशन म्यादी जिल्ला सभाको आयोजनामा २१ अप्रिल २०१९ का दिन संगठनका केन्द्रीय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिकका निर्देशक प्रेम छिरी शेर्पाको उपस्थितिमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । म्यादी जिल्ला सभाका अध्यक्ष चित्र जुम्जाली मगरको सभाध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमलाई केन्द्रीय सदस्य शेर्पाले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
प्रशिक्षण प्रदान गर्ने क्रममा उहाँले मंगोल राष्ट्रवाद के हो, मंगोल अस्तित्व के हो र एम.एन. आेले के चाहन्छ भन्ने वारेमा सहभागीहरूलाई प्रस्टाउनु भयो । त्यस्तै उहाँले अबको विकल्प भनेकै मंगोल नेशनल अर्गनाइजेशन मात्र भएकोले सबै यसैमा लाग्नुको विकल्प नभएको कुरामा जोड दिनुभयो । प्रशिक्षण कार्यक्रमलाई गण्डकी प्रदेश सभाका अध्यक्ष नवीन गुरुङ सदस्यहरू कुशल रोक्का मगर, रण बहादुर पगामी मगर लगायतले पनि मंगोल राष्ट्रवादको वारेमा आ-आफ्नो धारणा राख्नभएको थियो । भकिम्ली क्षेत्रका मुलवासी जनताहरूको कार्यक्रममा उल्लेखिय सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रमकै अवसर पारेर खिल आले मगरको अध्यक्षतामा १५ सदस्यीय तदर्थ वाड नं. ३ वडा समेत गठन गरिएको गण्डकी प्रदेश सभाका सह-सचिव अनिता थापा मगरले जानकारी गराउन भएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology