बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बाणगंगामा एम एनओको प्रशिक्षण

mongol vision | 24 अगस्ट 2021

बाणगंगामा एम एनओको प्रशिक्षण

कपिलवस्तु/ मंगोल नेशनल अर्गनाइजेशन बाणगंगा नगर सभाको आयोजनामा २०२१ अगष्ट २२ को दिन बाणगंगा वडा नम्बर १० मा एक दिने मूलवासी मंगोलवाद सम्बन्धि प्रशिक्षण तथा गठन कार्यक्रम सम्पन्न भएको छ ।

एम एनओ बाणगंगा नगर सभाका अध्यक्ष दल बहादुर नेपालीको सभाध्यक्षतामा र एम एनओ संगठनका केन्द्रीय सदस्य तथा मंगोल भिजन पत्रिकाका बजार व्यवस्थापक शिव बहादुर गुरुङको प्रमुख आतिथ्यतामा प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथि गुरुङले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणको क्रममा मंगोलहरु हिन्दु होइन, हिन्दु हुनलाई जनै लाएको हुनुपर्छ र बाहुनको कुलमा जन्म लिनुपर्छ त्यसपछि उ हिन्दु ठहरिन्छ, नेपालमा हिन्दु बाहुन छेत्री बाहेक अरु तपाइँ हामि मंगोललाई हिन्दु धर्मको आडमा शुद्र अति शुद्र बनाएर तल्लो श्रेणीको बनाएर यिनीहरुले दमन शोषण मात्र गरेको छ भन्दै प्रष्ट पारिदिनु भएको थियो ।

बाणगंगामा एम एनओको प्रशिक्षण

कार्यक्रममा विशेष अतिथिको रुपमा जिल्ला सभा रुपन्देहीका अध्यक्ष कुलवीर घर्ति मगर ज्युको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा स्थानीय मंगोल जन समुदायहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम बाणगंगा नगर सभाका सचिव बिश्सु नेपालीले सञ्चालन गर्नु भएको थियो । यसै बीच कार्यक्रमकै अवसर पारेर भिम बहादुर टल्ली मगरको अध्यक्षतामा ७ सदस्यीय ढापुर टोल सभा गठन गरिएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्