शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बिर्तामोडको सितलनगर टोलमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

mongol vision | 14 मार्च 2021

बिर्तामोडको सितलनगर टोलमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

झापा/ बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित सितल नगर टोलमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

१३ मार्च २०२१ शनिबारका दिन मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्ला सभाको सक्रीयतामा उक्त प्रशिक्षण कार्यक्रम सप्पन्न भएको हो । झापा जिल्ला अध्यक्ष लासिम हाङ मंगोलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य सान मेचेको प्रमुख आतिथ्यता रहेको थियो । तराई मूलका स्थानीय मूलबासी समुदायको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि मेचेले इतिहास लगायत वर्तमान राजनितीक समस्या र समाधानबारे प्रष्ट पारे । प्रशिक्षण प्रदान गर्नेक्रममा उहाँले बिर्तामोड आसपास हिजो सम्पुर्ण तराईका मूलवासि मंगोल समुदाय हुकुमबासी रहेता पनि आज सुकुम्बासी बन्नुको मुख्य कारण बाहुनवाद रहेको बताउनु भयो । कार्यक्रममा बिर्तामोड निवासी झापा जिल्ला सदस्य राजाकुमार लावतीले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला सदस्य भानु धिमालले पनि आफ्नो मन्तव्य राखेका थिए । त्यसैगरी उक्त प्रशिक्षण कार्यक्रमलाई झापा जिल्ला सचिव बानिरा मेचेले सञ्चाल गरेकि थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्