शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बारपाक सुलिकोमा वडा अधिवेशन सम्पन्न

Mongol Vision News | 2 मार्च 2020

बारपाक सुलिकोमा वडा अधिवेशन सम्पन्न

गोरखा/ 1st March आइतबारको दिन मंगोल नेशनल अर्गनाइजेशन बारपाक सुलिकोट वडा नं.३ वडा सभाको अधिवेशनका मुलआयोजक सभाका संयोजक कमान सिंह तामाङको सभाधक्ष्यता र मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगरको प्रमुख आतिथ्यतामा प्रथम बारपाक सुलिकोट वड नं.३ को वडा अधिवेशन सभ्य र भव्य रुपमा गोरखा जिल्लाको बारपाक सुलिकोट खार्चोक भञ्ज्याङमा सम्पन्न भएको छ ।

कार्यक्रमको विशिष्ट अतिथिमा एमएनओ जिल्ला सभा गोरखा तेस्रो जिल्ला अधिवेशन मुलआयोजक सभाका संयोजक गङ्गा राना मगर हुनुहुन्थ्यो । साथै अन्य अतिथिहरुमा गोरखा तेस्रो जिल्ला अधिवेशन मुलआयोजक सभाका सह सचिव मान बहादुर गुरुङ, सदस्यहरु शेरबहादुर गुरुङ, तेम्बा ग्याल्जेन, राम लामा, बारपाक सुलिकोट वडा नं.४ का अध्यक्ष तुल बहादुर गुरुङ र टुकराङ टोल सभाका अध्यक्ष श्याम तामाङ हुनुहुन्थ्यो । अधिवेशनको बन्द शत्रबाट निर्विरोध रुपमा कमान सिंह तामाङको अध्यक्षतामा ११ सदस्यीय एमएनओ बारपाक सुलिकोट वडा नं. ३ वडा सभा चयन भएको थियो । उक्त वडा सभाका सचिवमा सोम बहादुर तामाङ र सदस्यहरूमा चिम्से बराम, चन्द्र बहादुर बराम, तिर्थ बराम, पुर्ण बराम , गोठी बराम , अनिता बराम, मन बहादुर परियार , सन्तमाया तामाङ, आइत बराम निर्वाचित भएका थिए ।

 

बारपाक सुलिकोमा वडा अधिवेशन सम्पन्न

कार्यक्रमका प्रमुख अतिथि देव थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । त्यस्तै मन्तव्यकै क्रममा प्रमुख अतिथि थापाले नेपालको वर्तमान राजनितीक परिस्थितिलाई नियाल्दा शताब्दीऔं देखि विदेशी हिन्दु बाहुन क्षेत्रीहरुले नेपालका मुलवासी मंगोलहरुलाइ अस्तित्व बिहिन बनाएको कुरा बताउनु भएको थियो । विदेशि बाहुन क्षेत्रीहरुले नेपालका अहिन्दू मूलवासी मंगोलहरुलाई राजनैतिक चेतना विहिन बनाइ विभिन्न पार्टी खोलेर मंगोल मंगोल भिडाइ मराउने फोहोरी राजनिती गरिरहेको बताउनु हुँदै त्यसको अन्त्यको लागि एमएनओको सिद्धान्त लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारलाइ संस्थागत गर्न त्याग, तपस्या र बलिदान गर्न थापाले सम्पुर्णमा आह्वान गर्नु भएको थियो । कार्यक्रम सन्चालन प्रेम बरामले गर्नु भएको थियो भने श्याम तामाङले श्याम तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्