शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बुटवल उप महानगरपालिका नगर सभाले प्रथम अधिबेशन सम्पन्न

mongol vision | 1 मार्च 2021

बुटवल उप महानगरपालिका नगर सभाले प्रथम अधिबेशन सम्पन्न

बुटवल/ मंगोल नेशनल अर्गनाइजेशन बुटवल उप महा नगर सभाको प्रथम नगर अधिबेशन सम्पन्न भएको छ ।

उक्त कार्यक्रम रुपन्देहीको बुटवल उप महानगर पालिका १७ रानिगन्जमा माघ ५ गते सम्पन्न भएकाे थियो । उप महानगर नगर सभाका अध्यक्ष जित बहादुर पुनको अध्यक्षता र संगठनका केन्द्रीय मुल सचिब थम्मन बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा प्रथम उप महानगर नगर सभा अधिबेशन सम्पन्न भएको थियो । कार्यक्रमको अथितिहरुमा केन्द्रीयहरु कल्पना थापा मगर, केशु रास्काेटी , तेज कुमारी अाले, भिम बहादुर राना, शिव बहादुर गुरुङ, बिष्णु माया राना, पम्फा सिंजालि, लुम्बिनी प्रदेश सभा अध्यक्ष दिपक थापा मगर, सदस्यहरु पुर्ण बहादुर अाले प्रदेश सभा सदस्य खिल बहादुर गाहा, टेक सिंजालि, रुपन्देही जिल्ला सभा सचिब सन्ताेष बि.क., सदस्य तेज बहादुर अाले सदस्य लक्ष्मी थापा, सल्लाकार सदस्य ज्ञान बहादुर गुरुङ, देबदह नगर सभा प्रतिनिधि तथा मंगाेल भिजनका पत्रकार सिर्जना गुरुङ, बुटवल वडा नम्बर ११ काे प्रतिनिधि अशाेक नेपाली, बुटवल १७ प्रतिनिधि गुना सारु, जागरण एफ.एम.का समाचार प्रमुख टेक मास्की राना रहनु भएको थियो । कार्यक्रममा जिल्ला सभा रुपन्देहीका सचिब सन्ताेष बि.क., लुम्बिनी प्रदेश सभा सदस्य खिल बहादुर गाहा, टेक सिंजाली, केन्द्रिय सभा सदस्य पम्फा सिंजाली, बिष्णु माया राना, केन्द्रिय सभा सदस्य तथा मंगाेल भिजन साप्ताहिकका बजार ब्यबस्थापक शिव बहादुर गुरुङ, केन्द्रिय सदस्य भिम बहादुर राना, तेज कुमारी अाले, केन्द्रिय सभा सदस्य तथा अार्थिक सभाका सदस्य केशु रास्काेटी, केन्द्रिय सभा सदस्य तथा अनुशासन सभाका सदस्य कल्पना थापा मगर, केन्द्रीय मुल सचिब थम्मन बहादुर बुढा मगर लगायतले मन्तव्य राख्नु भएको थियो । त्यस कार्यक्रममा नगर सभाका सल्लाहकार बुद्धि बहादुर रखालीकाे स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने कार्यक्रममा सञ्चालन बुटवल नगर सभा सचिब केशरी थापा मगरले गर्नु भएकाे थियाे र मिति २०७७-१०-०४ गतेकाे बन्द सत्र देखि १४ सदस्यीय नयाँ कार्य समिति चयन हुनु भएकाे थियाे । जहाँ अध्यक्षमा जीत बहादुर पुन, सचिव सन्जिता सारु, सह-सचिब देबकी सारु, काेषाध्यक्ष बुद्धि बहादुर रखाली, सदस्यहरुमा शान्ति सारु, राम बहादुर राना, कमल गुरुङ, नर बहादुर थापा मगर, राम बहादुर बि.क., बरिष्ठ सल्लाहकार केशरी थापा, सल्लाहकार देब बहादुर सारु, कुल बहादुर रखाली, तन बहादुर सुनार र गंगा थापा चयन भएका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्