शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बुटवलमा 32 औ स्थापना दिवस सम्पन्न

बासुदेव नेपाली | 2 जनवरी 2021

बुटवलमा 32 औ स्थापना दिवस सम्पन्न

बुटवल/ मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा रुपन्देही को आयोजनामा बुटवलको को विस्क्याम स्थित बौद्ध गुम्बा को सभाहल मा तेस्रो जिल्ला अधिवेशन आयोजक सभाका संयोजक खड्क मास्की मगर अध्यक्षता र संगठनको केन्द्रिय मुलसचिव थम्मन बहादुर बुढा मगरको प्रमुख आतिथ्यता मा सम्पन्न भएको छ। 
कार्यक्रममा प्रमुख अतिथी बुढा मगरले दिप प्रज्वलन र युग पुरुष अमर डा.गोपाल गुरुङ र बुद्ध को तस्बिरमा खदा अर्पण गरि विधिवत रुपमा उद्घाटन गर्नु भएको थियो । 

प्रमुख अतिथिले सम्बोधनको क्रममा गोपाल गुरुङको सिद्धान्त लोकतन्त्र, धर्म निरपेक्ष, प्रान्तीय सरकार यी सिद्धान्त मा अडिक भएर इमान्दारीता का साथ अघि बढ्नुपर्छ भनेर भनेका थिए । लोकतन्त्र मा चुनाव को महत्त्व भएको हुनाले एम.एन.ओ चुनावी शैली वैचारिक माध्यमबाट अधि बढ्छ भन्दै सिदाहा बुद्ध को दर्शन लाई पनि महत्त्व दिदै  प्रश्ट पार्नु भएको थियो।

कार्यक्रममा केन्द्रिय सदस्यहरु भिम बहादुर राना, शिव बहादुर गुरुङ, बुधमाया थापा, लुम्बिनी प्रदेश सभाका सचिव जनक मिदुन, प्रदेश सदस्य देवराज गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

त्यसैगरी बुटवल उप.म.नपा का सचिव केशरी आलेको सांस्कृतिक मन्तव्य र रुपन्देही जिल्ला सभाका सल्लाहकार ज्ञान बहादुर गुरुङको स्वागतमा र कार्यक्रम संचालन जिल्ला सभाका सचिव संतोष विकले गरेका थिए।

बुटवलमा 32 औ स्थापना दिवस सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्