बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बुटवलमा एम.एन.ओको प्रशिक्षण सम्पन्न

बासुदेव नेपाली | 10 जनवरी 2021

बुटवलमा एम.एन.ओको प्रशिक्षण सम्पन्न

रुपन्देही/मंगोल नेशनल अर्गनाइजेसन रुपन्देही बुटवल उप.म.नपा सभाको आयोजनामा ९ जनवरीका दिन बुटवल ११ मजुवा टोलमा एकदिने प्रशिक्षण कार्यक्रम उप महानगरपालिका सभाका कोषाध्यक्ष जित बहादुर पुनको सभाध्यक्षतामा  संगठनको केन्द्रीय मुलसचिव थम्मन बहादुर बुढा मगरको प्रमुख अतिथ्यता र केन्द्रीय सदस्य भिम बहादुर रानाको विशेष आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मा उपस्थित केन्द्रीय सदस्यहरु बिश्नु माया राना, तेज कुमारी आले, जिल्ला सचिव सन्तोष विक, लगायत जिल्ला सदस्यीय लक्ष्मी थापा मगरको उपस्थिति थियो।

कार्यक्रममा प्रमुख अतिथी बुढा मगरले प्रशिक्षक को भुमिका निर्वाह गर्नु भएको थियो प्रशिक्षणमा मानव उत्पत्ति मंगोल आर्य नेग्रो बारे स्पष्ट तरिकाले बुझाउदै एम.एन.ओ को वैचारीक लडाई बारे बोल्दै आदिवासी जनजातीको ठगेर खाने  धेरै समय छैन र एम.एन.ओ को सिद्धान्त बुझाउदै अब इमान्दारीता का साथ लाग्नु पर्छ भन्दै बुद्ध को दर्शन लाई महत्त्व दिदै लोकलाई स्पष्ट पार्नु भएको थियो।
त्यसैगरी बुटवल उप.म.नपा का सल्लाहकार बुद्धि बहादुर रखालको स्वागतमा र उप महानगरपालिका सभा का सचिव केशरी आलेको संचालनमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्