शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बुटवलमा प्रशिक्षणसंगै वडासभा गठन

Mongol Vision News | 12 जनवरी 2020

बुटवलमा प्रशिक्षणसंगै वडासभा गठन

बुटवल / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देहीको सक्रियता तथा बुटवल उपमहानगर सभाको आयोजनामा बुटवल उपमहानगरपालिका वार्ड न -१७ मा एकदिने मुलवासी मंगोल विषयक राजनीति प्रशिक्षणसंगै सिमा बराल मगरको अध्यक्षतामा ११ सदस्यीय वडासभा गठन भएको छ ।

       बुटवल उपमहानगर सभाका सल्लाहकार कुल बहादुर रखाल मगरको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण तथा वडासभा गठन कार्यक्रममा प्रमुख अतिथी मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका मुलसचिव थमन बहादुर बुढामगर रहनुभएको थियो । प्रमुख अतिथी बुढामगरले उपस्थिति मंगोल समुदायलाई यो देशका असली मुलवासी समुदायले भोग्नुपरेको सदियौं वर्षको पीडा मंगोलवादले मात्र मलमपट्टी गर्न सक्ने भएकोले सहि बाटो रोज्न ढिलाइ गर्न नहुने र त्यो बाटो भनेकै मंगोल नेशनल अर्गनाइजेशनले लड्दै आएको वैचारिक क्रान्तिको प्लेटफार्म हो , त्यसैले अब हामीले आफ्नो ब्याक्तिगत स्वार्थ त्यागेर भावी सन्ततिको उज्ज्वल भविस्यको निम्ति निडर निर्भीक निस्वार्थी भएर लड्नु पर्ने बताउदै नव गठित वडासभाका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।

       कार्यक्रममा विशिस्ट अतिथी केन्द्रिय सर्वोच्च सभा सदस्य कल्पना थापामगर , केन्द्रिय सदस्य तेज कुमारी आलेमगर , प्रदेशसभाबाट जनक मिदुन , पुर्ण आलेमगर , रुपन्देही जिल्लासभाबाट मेख बहादुर गाहा मगर, संतोष विक र ज्ञान बहादुर गुरुङको पनि उपस्थिति रहेको थियो । बुटवल उपमहानगरपालिका वार्ड न १७ का अहिन्दु मुलवासी मंगोल समुदायको उपस्तिथिले सिमा बराल मगरलाई वडासभाका अध्यक्ष , सन्जिता सारुमगरलाई सचीव , देवकी सारुमगरलाई कोषाध्यक्ष र कर्ण बहादुर रखाली मगरलाई सहसचिवमा चुनेका छन् । हिउँदे मौसमको छोटो समयमा सम्पन्न उक्त प्रशिक्षण तथा वडासभा गठन कार्यक्रममा बुध बहादुर रखाल मगरले स्वागत मन्त्यब्य राखेका थिए भने बुटवल उपमहानगर सभाका सचीव केसरी गाहा मगरले कार्यक्रम संचालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्