बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बुद्द दर्शन लाइट अफ वर्ल्ड को बहस मा आइसकेको छ - युवा नेता तामाङ

Rajendra Tamang | 24 मे 2019

बुद्द दर्शन लाइट अफ वर्ल्ड को बहस मा आइसकेको छ - युवा नेता तामाङ

धादिङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको सक्रियतामा एकदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम 24 may 2019  का दिन जिल्ला सभा को कार्यलय धादिङबेशिमा सम्पन्न भएको छ । जिल्ला सभा का अध्यक्ष सन्तोष कुमार तामाङको सभाध्यक्षमा सम्पन्न कार्यक्रम मा संगठनका केन्द्रीय सदस्य तथा केन्द्रिय सचिवालय का सचिव रिन्चेन दोर्जे तामाङ को प्रमुख आतित्यथा रहेको थियो । कार्यकर्ता प्रशिक्षण सभा लाई सम्बोधन गर्दै सिदाहा बुद्दको दर्शनले संसारको विभिन्न मुलुक हरुले उल्लेखनीय प्रगति गरिसकेको कुरालाइ उजागर गर्दै मंगोल नेशनल अर्गनाइजेशन र संगठनका सस्थापक प्रेसिडेन्ट डा. गोपाल गुरुङ ज्युले नेपालमा पहिलो पटक उठाउनु भएको मुद्दा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार को असली अभ्यास एम.एन.ओ ले नै सुरु गर्नु पर्ने कुरामा जोड दिदै उक्त धर्मनिरपेक्षको आभाष गराउन महामानव बुद्द जसलाइ आफ्नै मुलुकमा हिन्दु आर्यले अन्याय गरेको तितो यथार्थ लाई प्रष्टाउदै बुद्द र बुद्द दर्शन माथी न्याय दिलाउनु पर्ने कुरा प्रकाश पार्नु भएको छ ।

बुद्द दर्शन लाइट अफ वर्ल्ड को बहस मा आइसकेको छ - युवा नेता तामाङ

कार्यक्रमका बिशेष अतिथी केन्द्रिय सदस्य तथा आर्थिक सभा सदस्य धनमाया तामाङ ले मंगोल नेशनल अर्गनाइजेशन मंगोल हरुको साझा संगठन भएको कारण अबको राजनैतिक विकल्प केवल एम.एन.ओ मात्र रहेको कुरा राख्दै साझा संगठनको बहुप्रतिस्ठित साझा काम मंगोल रिसर्च सेन्टर निर्माण मा जुट्न सबैलाइ आग्रह गर्नु भयो । जिल्ला सभाका सहसचिव मान बहादुर गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रम जिल्ला सभा सचिव सागर तामाङ ले सन्चालन गर्नु भएको थियो । कार्यक्रम को अन्त्यमा सभाध्यक्ष जिल्ला सभा अध्यक्ष सन्तोष कुमार तामाङ ज्युले आगामी जेष्ठ 24 गते शुक्रबार सम्पन्न हुन गैइरहेको मंगोल नेशनल अर्गनाइजेशन निलकण्ठ नगर सभा को प्रथम एतिहासिक अधिबेशन सभ्य र भब्य रुपमा सम्पन्न गराउनको लागि सम्बन्धित सबै कार्यकर्ता हरुमा निर्देशन सहित साथ सहयोगको अपिल गर्नु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्