आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बुद्धशान्ति गाउँपालिकाले मंसिरमा अधिवेशन गर्दै

mongolvision | 23 अक्टोबर 2021

बुद्धशान्ति गाउँपालिकाले मंसिरमा अधिवेशन गर्दै


झापा/ मंगोल नेशनल अर्गनाइजेशन बुद्धशान्ति गाउँपालिका सभाले तेस्रो ऐतिहासिक अधिवेशन गर्ने भएको छ ।
23 अक्टोबर 2021 शनिवारको दिन बुद्धशान्ति गाउँसभाको अाकस्मिक बैठक गाउँसभाका अध्यक्ष छत्र खेवाको सभाध्यक्षता साथै संगठनका केन्द्रीय सदस्य मंगलसिंह लिम्बूको प्रमुख अातिथ्यतामा सम्पन्न भएको अाकस्मिक बैठकमा संगठनका केन्द्रीय सल्लाहकार पदम नेम्वाङ, १४ अौं झापा जिल्ला अधिवेशन मूलअायोजक सभाका सचिव बानिरा मेचे, सहसचिव श्रीप्रसाद लिङखिम, सदस्य भानु धिमालको पनि उपस्थिती रहेको थियो । उक्त अाकस्मिक बैठकले यही अाउँदो दिनाङ्क 20 नोभेम्बर 2021 तदनुसार २०७८ मंसिर ४ गते शनिवार बुद्धशान्ति वडा नं.-४ स्थित नमुना प्रा. वि.   स्कुलको प्राङ्गणमा तेस्रो एमएनअो बुद्धशान्ति गाउँसभाको अधिवेशन छत्र खेवाको संयोजकत्वमा  गर्ने भनी निर्णय गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्